७ वैशाख २०८१ शुक्रबार
कला

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

काठमाडौं– तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको नाटक ‘चारदाम’को मञ्चनसँगै राजधानीमा तीन दिनदेखि जारी ‘सेलो नाट्य महोत्सव २०७५’ सकिएको छ । भाषाविद् अमृत योञ्जनले झन्डै तीन दशकअघि लेखेको नाटकको परिमार्जित संस्करणले नाटकको मैझारो गरेको हो।

नाटकमा चारदाम संस्कृृतिलाई बीचमा राखेर सहरी र ग्रामीण समाजबीचको सांस्कृतिक द्वन्द्वलाई देखाइएको छ । नाटकले आधुनिकरणका कारण नेपाली समाजमा प्रभाव जमाउ“दै गरेको हिन्दी गीतको संस्कृतिलाई चोटिलो किसिमले व्यंग्य गरेको थियो । भाषाविद् योञ्जनले २०४६ सालमा पहिलो पटक मञ्चन गरेको नाटक परिमार्जनसहित नया“ अवतारमा देख्न पाउँदा खुसी लागेको बताए।

निशा पाख्रिन र सन्तोष तामाङ ‘बोन्बो’ ले निर्देशन गरेको नाटकमा चाँदनी लामा, फूलकुमार बमजन, सुसन लामा, शान्ति वाइबा, सोनाम लामा मोक्तान, निशा, निकिता वाइबा, सन्तोष, विजय टुबा, मनोज तामाङ, सञ्जीव राई, देविन चौधरी, सुनील तामाङ, साजन लामा, विजय टुबालगायतको अभिनय थियो।

महोत्सव समापनकै दिन रोशन फ्युबाले संयोजन गरेको लोक नाटक ‘ल्हालिमो’ पनि मञ्चन गरिएको थियो । गणेश हिमाल आसपासको तामाङ समाजमा प्रचलित लोक नाटकमा पुरानो पुस्ताको प्रेमकथा र प्रेम गर्ने शैली देखाइएको थियो । नाटकका संयोजक फ्युबाले लोक नाटकको रूपमा गणेश हिमाल आसपास यो संस्कृति अझै रहेको बताए । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशनस“गै मनोज लोप्चन, सिंगबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, सुभ सन्तोश तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र बिनिता तामाङको अभिनय थियो।

नाटकको समापन गर्दै कानुन मन्त्री शेरबहादुर तामाङले मुलुकभित्र रहेका हरेक जातजातिको मौलिकता संरक्षण र प्रवर्द्धन हुन सके नेपाली संस्कृतिको ढुकुटी भरिभराउ हुने जनाए । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले मुलुकमै सांस्कृतिक मौलिकतासहित पहिलोपटक महोत्सव भएको बताए।

प्रतिष्ठान रंगमञ्च विभाग प्रमुख एवं प्राज्ञ पुष्कर गुरुङले गतवर्ष गुरुङ समुदाय केन्द्रित भएर ‘रोधी महोत्सव’ गरेको र यसपटक तामाङ समुदायलाई छानेको खुलाए । अन्तिम दिन रोशन फ्युबाले ल्हाप्साङकर्पो (गणेश हिमाल) आसपासमा प्रचलित लोक नाटकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने लेखक विगेन्द्र वाइबा तामाङले टिप्पणी गरेका थिए । महोत्सवमा दुई लोक, एक कविता र दुई आधुनिक गरी पा“चवटा नाटक मञ्चन गरिएका थिए ।
 

प्रकाशित: ६ असार २०७५ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App