‘कस्मिक लभ’ मा अर्पण र दिया

बुधबार, ०६ असार २०७५, ०८ : १७ नागरिक

11


काठमाडौं– अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केलाई प्रमुख भूमिकामा अनुबन्ध गर्दै फिल्म ‘कस्मिक लभ’को घोषणा गरिएको छ।

बिएस बलामी र शंकर अधिकारीको संयुक्त निर्देशन रहने फिल्मको छायांकन असार ११ गतेबाट सुरु हुनेछ । मुभी मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा जे गौतमको लगानी रहनेछ । रोमान्टिक, कमेडी र सस्पेन्स जन्रामा निर्माण हुने फिल्ममा सुरज प्रधान प्रस्तुतकर्ता छन्।अभिनेता प्रशान्तले फिल्मको स्क्रिप्ट चित्त बुझ्दो लागेकाले फिल्ममा काम गर्न इच्छा देखाएको बताए । ‘फिल्ममा मेरो भूमिका अहिलेसम्म अभिनय गरेका फिल्ममा भन्दा फरक छ । त्यसकारण पनि यो फिल्मप्रति म उत्साहित छु,’ उनले भने।

फिल्मका निर्माता गौतमले आफूहरूले चलचित्र विकास बोर्डमा नयाँ ६ फिल्म दर्ता गरिसकेको खुलाए । ‘यो फिल्मसहित जम्मा १० वटा फिल्म बनाउने हाम्रो योजना हो । त्यहीअनुसार ६ वटा फिल्म दर्ता भइसकेका छन् । बाँकी ३ फिल्म पनि दर्ताको तयारीमा छन्,’ उनले भने, ‘हामी राम्रो र गुणस्तरीय फिल्म प्रत्येक तीन–तीन महिनामा दर्शकलाई दिन चाहन्छौं।’

फिल्ममा रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र नयाँ अनुहारका रुपमा रिजन थापाको अभिनय हुनेछ । फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बवुल गिरीको संगीत, बाबु साहेवको एक्सन, विपिन मल्लको सम्पादन, सुरेश बज्राचार्यको छायांकन र शेखर ज्ञवालीको पटकथा रहनेछ ।


 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...

तीज गीतमा नीता र दिपेन्द्रको ’छम्म छम्म’

तीज गीतमा नीता र दिपेन्द्रको ’छम्म छम्म’

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस...

पानीबाट छचल्किएका रंगहरू

पानीबाट छचल्किएका रंगहरू

पानी आफैंमा रंगविहिन हुन्छ । तर त्यो पानी नै हो जहाँ थरिथरिका रंग मिसिन्छन् । त्यो पानीले व्यक्त गर्ने भाव...