८ वैशाख २०८१ शनिबार
अर्थ

गर्मीसँगै बढ्यो चिसोको व्यापार

काठमाडौं - अहिले गर्मी मौसम छिपिँदै गएको छ । घरमा बस्दा, कार्य क्षेत्रमा होस् वा बाहिर हिँड्डुलका क्रममा मानिसहरुले गर्मीबाट छल्न विभिन्न उपाय अपाउन थालिसकेका छन् । गर्मीबाट बच्न विभिन्न सामग्री, पेयपदार्थ तथा खानपानको जोहो गर्नेको भिड बजारमा बढ्दै गएको छ।

गर्मी उकालो चढेसँगै यो मौसममा प्रयोग हुने सामग्रीको बिक्री वितरण बढेको छ । गर्मी मौसममा विशेषगरी एअर कन्डिसनर (एसी), एअर कुलर, रेफ्रिजेरेटर, पंखालगायत सामग्रीको बिक्री बढ्ने गर्छ । यी सामग्रीको माग अहिले बजारमा उच्च वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।व्यवसायीका अनुसार चैत वैशाख महिनाबाटै यी सामग्रीको माग बढ्न सुरु हुन्छ।

विशेषगरी जेठदेखि साउन महिनाभित्र यी सामग्रीको अधिक बिक्री हुने गर्छ । त्यसैले व्यवसायीले ग्राहकलाई लक्षित गरी विभिन्न ब्रान्डका सामग्री भिœयाउने गर्छन् । मुलुक लोडसेडिङमुक्त भएपछि विद्युतीय सामग्रीको प्रयोगमा ग्राहकको आकर्षण बढ्नुका साथै यी सामग्रीको बजार पनि उकालो लागेको छ । पछिल्लो समय ब्रान्डेड सामग्रीको प्रयोग गर्ने ग्राहक बढ्दै गएको व्यवसायी बताउँछन् । नेपाली बजारमा विभिन्न ब्रान्डका एसी, कुलर, रेफ्रिजेरेटर, फ्यानलगायत सामग्री उपलब्ध छन्।

त्रिवेणी व्यापार प्रालिका बजार व्यवस्थापक रामसागर यादवले गर्मी बढेसँगै एअर कुलरको माग बढेको बताए । त्रिवेणी ग्रुपअन्तर्गतको त्रिवेणी व्यापार नेपालका लागि सिम्फोनी एअर कुलरको आधिकारिक बिक्रेता हो । यादवका अनुसार मल्टीनेसनल ब्रान्ड सिम्फोनी विश्वभरका ६० वटा देशमा बिक्री हुन्छ।

गर्मी मौसम बढेसँगै यसबाट बच्न विभिन्न सामग्री, पेयपदार्थ तथा खानपानको जोहो गर्नेको भिड बजारमा बढ्दै गएको छ । विशेषगरी एअर कन्डिसनर, एअर कुलर, रेफ्रिजेरेटर, पंखालगायत सामग्रीको बिक्री बढेको छ ।
मुलुक लोडसेडिङमुक्त भएपछि विद्युतीय सामग्रीको प्रयोगमा ग्राहकको आकर्षण बढ्नुका साथै यी सामग्रीको बजार पनि उकालो लागेको छ।

कुलरमा यो ब्रान्ड ‘वल्र्ड लिडर’ भएको उनको दाबी छ । ‘गत वर्षको यही अवधिको तुलनामा यो वर्ष झन्डै ६० प्रतिशतले व्यापार बढेको छ,’ यादवले भने, ‘गत वर्ष सात हजार एअर कुलर बिक्री गरेका थियौं । यो वर्ष १० हजार बिक्री गर्ने लक्ष्य लिएका छौं ।’ अहिले बजारमा १० हजार पाँच सयदेखि ३० हजार पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताए ।

गर्मी मौसमलाई लक्षित गरी अहिले उक्त मूल्यमा १० देखि १२ प्रतिशतसम्म छुट प्रदान गरिरहेको उनको भनाइ छ । ‘यसमा १२ महिनाको वारेन्टी समेत रहेको छ । कुनै समस्या आएमा नेपालभरका डिलरबाटै निःशुल्क सर्भिस दिने व्यवस्था गरेका छौं,’ यादवले भने, ‘पंखा प्रयोग गर्ने र एसी किन्न नसक्ने मान्छेका लागि एअर कुलर सबैभन्दा राम्रो हो।’

यादवका अनुसार सिम्फोन एअर कुलर आइपिओर टेक्नोलोजीमा आधारित रहेको छ । ‘टेक्नोलोजीमा यो एकदमै एड्भान्स छ । यसले एलर्जी, ब्याक्टेरिया, स्मेल तथा आँखाले देख्न नसक्ने कणहरु फिल्टर गर्छ,’ उनले भने, ‘सातवटा मोडलमा उपलब्ध सिम्फोनी एअर कुलर सबै मोडलमा रिमोट कन्ट्रोलर, टच प्यानल, ड्युरो पप्प, इम्टी वाटर आलर्म, टाइमर, कुलिङ, वाटर ट्यांक, कुल फ्लो डिस्बेन्चरलगायत प्रविधि जडान गरिएको छ।’

एअर कन्डिसनरको बिक्री वितरण गरिरहेको हिमालयन रेफ्रिजेरेसन एन्ड इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिले पनि आफ्नो उत्पादनको बिक्री राम्रो भइरहेको जनाएको छ । कम्पनीले फुजी एअर र डाइकिन ब्रान्डका एअर कन्डिसनर बिक्री गरिरहेको छ । ‘एअर कन्डिसनर गर्मी र जाँडो दुवै मौसममा बिक्री हुन्छ,’ कम्पनीका कार्यकारी निर्देशक विजय चौधरीले भने, ‘अहिले पनि बिक्री राम्रो भइरहेको छ।’

सिजी इलेक्ट्रोनिक्सले एसी, रेफ्रिजेरेटर र एअर कुलर बिक्री गरिरहेको छ । सिजी इलेक्ट्रोनिक्सका व्यवस्थापक सञ्जय राजभण्डारीका अनुसार कम्पनीले एलजी, सिजी र टिसिएल ब्रान्डका एअर कन्डिसनर बिक्री गरिरहेको छ । ‘एलजीमा  इन्भर्टर टेक्नोलोजी प्रयोग गरिएको छ,’ उनले भने, ‘यसले बिजुली कम खपत गर्छ ।’ पछिल्लो समय घरघरमा समेत एसी राख्न सुरु गरेकाले यसको माग बढेको उनले बताए ।

तराई क्षेत्रमा ‘कुलिङ वानली एसी’को बिक्री पनि राम्रो भइरहेको राजभण्डारीले जानकारी दिए । ‘टिसिएल र सिजी ब्रान्डका एसी पनि एकदमै राम्रो गइरहेको छ,’ उनले भने, ‘रेफ्रिजेरेटर डबल डोरमा हामी नम्बर वान नै हौं । गर्मीमा यसको माग अत्यधिक हुँदै आएको छ।’

चिसो पेयपदार्थमा आकर्षण
गर्मी बढ्दै जाँदा यसबाट बच्ने सामग्रीसँगै पेयपदार्थको बिक्री पनि उच्च हुने गरेको छ । अहिले जुस, आइसक्रिम, सोडा, दही, लस्सी, बियरलगायत चिसो पदार्थका बिक्री केन्द्रहरुमा उपभोक्ताको चाप बढेको छ । सुन्धारास्थित काठमाडौं मलमा आइसक्रिम र चिसो पेयपदार्थ बिक्री गर्दै आएका एक व्यवसायीले अहिले ग्राहकको संख्या अत्याधिक बढेको बताए । दिउँसोका समयमा भ्याइनभ्याइ हुने उनको भनाइ छ।  

 चिसो पेयपदार्थमा कोकाकोला, पेप्सीजस्ता बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको बजार हिस्सा ठूलो रहेको छ । कोकाकोलाका कोक, फ्यान्टा, स्प्राइटलगायत पेयपदार्थ उपलब्ध छन् । बरुण वेभरेजले पेप्सी, मिरिन्डा, माउन्टेन ड्यू, स्लाइसलगायत बिक्री गर्दै आएको छ । कोकाकोला र पेप्सीको बिक्री यो मौसममा उच्च हुन्छ।


‘गर्मीसँगै व्यवसाय पनि उकालो चढेको छ । गर्मीका लागि खासै अफर नभए पनि व्यापार राम्रो भइरहेको छ,’ वरुण वेभरेजका बजार व्यवस्थापक सुशील तुलाधारले भने, ‘हामीले परासीमा नयाँ फ्याक्ट्री खोलेका छौं । अहिले तीन सय ५० र पाँच सय मिलिलिटर प्याकको स्लाइस नेपालमै उत्पादन हुन्छ । स्लाइसको नयाँ प्याक नेपालमै बनेको छ ।’ तीन सय मिलिलिटरको प्याकमा पेप्सी, माउन्टेन ड्यू र मिरिन्डासमेत बिक्री सुरु गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, नेपाली कम्पनीहरुले उत्पादन गरेका पेयपदार्थहरुको बिक्री पनि उच्च हुने गर्छ ।

त्यसमध्ये सिजी फुडस् नेपाल प्रालि अन्तर्गतको गोल्ड बेभरेजले उत्पादन गर्ने रियो फ्रुट जुस नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको छ । उपभोक्ताको उच्च रोजाइमा परेको रियो विभिन्न प्याकेट र स्वादमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गर्मी मौसम बढेसँगै यसको बिक्री बढेको छ ।

प्रकाशित: ६ असार २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App