गर्मी विशेष

स्मार्ट जमानाकाे स्मार्ट मेकअप

बुधबार, ०६ असार २०७५, ०६ : ५२ दिलिप पौडेल

काठमाडौं - ‘स्मार्ट गेटअप’ले नै व्यक्तित्व प्रदर्शन गर्छ । स्मार्ट हुन सुन्दरतामा निखार आउनुपर्छ । सौन्दर्यले हरेक व्यक्तिको ब्युटी र स्मार्टनेसमात्र नभएर कन्फिडेन्स लेबल पनि बढाउँछ।

गर्मीमा अनुहार कालो हुने, छाला बिग्रिने सम्भावना हुन्छ । त्यसबाट बच्न स्मार्ट मेकअपमा ध्यान दिनुपर्छ ।घरबाहिर निस्किँदा धूलोबाट बच्न, जाडोमा होस या गर्मी दुवैमा महिला र पुरुषले अनुहारमा निखार ल्याउन र छाला जोगाउन विभिन्न क्रिम र लोसन प्रयोग गर्ने गरेका छन् ।छालाको सुरक्षामा पनि ध्यान दिन्छन् । घामबाट जोगिएर अनुहारमा आउने चायाँ हटाउन र आउन नदिन विभिन्न क्रिम प्रयोग गर्ने गरेका छन्।

मेकअप गरेपछि कानुन व्यवसायी अञ्जली बोगटीले अनुहारको सुरक्षासहित आफ्नो कन्फिडेनस लेबल बढेको अनुभूति गर्छिन् । घामपानी, धुलोधुँवाबाट बच्नमात्र नभएर सुन्दरताका लागि शृंगारका सामान प्रयोग गर्ने गरेको बोगटीले बताइन् । ‘फस्र्ट लुकमा अनुहार नै हेरिन्छ,’ बोगटीले भनिन्, ‘स्मार्टनेस र कन्फिडेन्सको लागि विभिन्न क्रिम प्रयोग गर्छु।’

विगतमा यहाँकै बजारबाट क्रिम किन्दै आएकी काठमाडौं पुतलीसडककी बोगटीले अहिले भने विदेशबाट मगाउने गरेकी छिन् । ‘आफन्त विदेशमा भएकाले सजिलो भएको छ,’ उनले भनिन्, ‘अहिले अस्ट्रेलियन क्रिम प्रयोग गर्छु ।’
नेपालमा स्वदेशीसहित विदेशी कम्पनीले विभिन्न प्रकारका कस्मेटिक सामान बिक्री गरिरहेका छन् । प्रयोगकर्ताको संख्या वृद्धिसँगै बजारको हिस्सा पनि बढिरहेको छ । गर्मी र वर्षादको समयमा छालाको हेरचाह नगरे छालामा संक्रमण देखिन सक्छ।

बैंकमा काम गर्ने शर्मिला श्रेष्ठले पनि गर्मीबाट जोगिन सन ब्लक क्रिम प्रयोग गर्छिन् । ‘क्रिम प्रयोग नगरे घामले अनुहार डढ्ने सम्भावना हुन्छ,’ श्रेष्ठले भनिन्, ‘गर्मीमा अनुसारको सुरक्षा गर्न क्रिमले सघाउँछ ।’ गर्मीमा पसिना आएर मेकअप बिग्रिने चिन्ता पनि उत्तिकै हुन्छ । घाम र धुलोबाट जोगाउन पनि ध्यान दिनुपर्ने श्रेष्ठ बताउँछिन् ।
छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ ।

गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्ने भएकाले त्यसबाट जोगाउनु पर्छ । छालालाई फुस्रो हुनबाट जोगाउन मौसममा छालाको हेरचाह गर्नुपर्ने चिकित्सक बताउँछन् ।अनुहार र छालाको सुरक्षा गर्न महिला, पुरुष पुरुष दुवैले विभिन्न क्रिम प्रयोग गर्छन् । शरीर, छाला र सुन्दरताको लागि आवश्यक रहेको चिकित्सक पनि बताउँछन् । राम्रो हेरचाह नगरे छाला फुट्ने, सुक्खा हुने र सौन्दर्य हराउन सक्छ । यसलाई ध्यानमा राखेर विशेष किसिमको स्याहार आवश्यक पर्छ ।

अनुहारको मेकअप मात्र नभएर छालाको सुक्खापनबाट बच्न विभिन्न कम्पनीले उत्पादन गरेका क्रिम प्रयोग गर्न सकिन्छ।अहिले बजारमा आस्टा बेरी, हिमालयन, रोथो, इमामी, डाबर लगायत दजर्नौं कम्पनीका लोसन र क्रिम बजारमा उपलब्ध छन् । विभिन्न गुणस्तर र मूल्यमा पाइने यस्ता क्रिम किन्दा भने विशेष ध्यान दिनुपर्ने बिक्रेताको भनाइ छ ।पछिल्लो समय क‘स्मार्ट गेटअप’ले नै व्यक्तित्व प्रदर्शन गर्छ ।

स्मार्ट हुन सुन्दरतामा निखार आउनुपर्छ । सौन्दर्यले हरेक व्यक्तिको ब्युटी र स्मार्टनेसमात्र नभएर कन्फिडेन्स लेबल पनि बढाउँछ।स्मेटिक सामानको प्रयोग बढ्दै गएको छ।

 

यससम्बन्धी उद्योगको संख्या बढ्दा बजारमा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । उमेर अनुसार आफूलाई चुस्त र तन्दुरुस्त देखाउन शृंगार प्रशाधन प्रयोग व्यापक हुँदै गएको छ ।कस्मेटिक सामान प्रयोग गर्नुभन्दा पहिले ती सामानबारे पूरै जानकारी हुनु आवश्यक छ । ती उत्पादनको उद्देश्य विपरीत प्रयोग गरिएमा भने नकारात्मक असर देखिन सक्छ।

गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खान, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउन र फेसियल गर्न सकिन्छ । गर्मी मौसममा भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु उपयुक्त मानिन्छ । गर्मीबाट जोगिनको लागि घरेलु उपचार पनि गर्न सकिन्छ ।
जाडो र गर्मी दुवै समयमा बाहिरी वातावरणले छाला र विशेषगरी अनुहार, हातगोडालाई नकारात्मक असर पर्नेगर्छ । गर्मीमा छालालाई विशेष ध्यान दिनुपर्ने जानकार बताउँछन् । अनुहार सुक्खा छ भने भिटामिन ई युक्त मोस्चराइजर अनिवार्य लगाउनु पर्छ।

शृंगारमा प्रयोग हुने फेसियल प्रोडक्ट ‘आस्टाबेरी’ले नेपाली बजारमा आफ्नो हिस्सा जमाउँदै गएको छ । भारतीय उत्पादन आस्टाबेरीको नेपालमा बजार प्रवर्द्धन र बिक्री वितरण गरिरहेका हेमन्त निरौलाले शृंगारको लागि आस्टाबेरीका विभिन्न सामग्री बजारमा बिक्री भइरहेको बताउँछन् । ‘सौन्दर्य पहिरन र अनुहारमा प्रतिबिम्बित हुनुपर्छ,’ निरौला भन्छन्, ‘कर्पोरेट कल्चरको विकास भएकाले मेकअप अनिवार्य भएको छ।’

कर्पोरेट अफिसमा भित्री रुपमा उच्च अंकको बायोडाटा, क्षमता होला तर, मानिसले पहिलोपटक त लुक्स हेर्ने उनको बुझाइ छ । ‘अफिस वा आफ्नो दैनिक जीवन व्यक्तित्वलाई स्मार्ट र ब्युटी देखिन चाहन्छ,’ उनले भने, ‘पर्सनालिटी देखाउनको लागि शृंगार र सौन्दर्य सामग्री प्रयोग गर्न आवश्यक छ ।’ अनुहारमा ट्रिटमेन्टसहित गोरोपन, साइनिङ दिने कस्मेटिक बिक्री गरिरहेको उनले बताए । आस्टाबेरी मुख्य गरी महिलालक्षित छ । ‘अनुहारमा गोरोपन, निखार र चमक ल्याउने भएकाले सबैको रोजाइ बनेको छ,’ उनले भने । आस्टाबेरीका रेन्ज अफ फेसियल किट्स रहेका छन् । सबै नेपालीको क्लास फेरिएको उनको बुझाइ छ।

‘निम्नवर्गीय मध्यमवर्गीयमा आए । उच्च घरानियाको त कुरै नगरौं,’ उनले भने, ‘सौन्दर्यमा सबै संवेदनशील भएका छन् ।’ मानिसको स्किन, चायाँपोतो हेरेर उपचार गर्न आस्टाबेरी गोल्ड फेसियल किट, पार्टीमा जाँदा चम्किने गोल्ड या डाइमन्ड किट्स प्रयोग गर्न सकिने उनले बताए । ओठ फुट्ने समस्या निराकरण गर्न आस्टाबेरीले लिपगार्ड समेत बजारमा ल्याएको छ । आयुर्वेदिक पद्धतिमा निर्माण गरिएका ओठमा लगाउने पपया र एलोभेरा लिपगार्ड बिक्री गरिरहेको छ । चिसो, धुलोमा ओठ फुट्नबाट जोगिन दुई प्रकारका लिपगार्ड प्रयोग गर्न  सकिन्छ । हर्बलको उत्पादन भएकाले कुनै साइड इफेक्ट नगर्ने कम्पनीको दाबी छ।

जापानको प्रतिष्ठित कम्पनी रोथो मेन्थोलेटमले बहुराष्ट्रिय ब्रान्डका आफ्ना उत्पादनलाई नेपाली बजारमा बिक्री गरिरहेको छ । अनुहारमा पिम्पल आउनबाट जोगिन, दाग हटाउन, छालामा देखिएका समस्या निराकरण गर्न, घामबाट छालालाई जोगाउन, ओठको हेरचाहका लागि विभिन्न प्रकार क्रिमहरु प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।

उक्त कम्पनीद्वारा उत्पादित एक्नेज, लिपिस, सनप्ले÷अक्सी ब्रान्डका कस्मेटिक उपभोक्तामाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ । एक्नेज ब्रान्डमन प्रिपिम्पल सिरिजमा फेसवास, पाउडर लोसन, सेलिङ जेल प्रयोग गरे पिम्पल आउनबाट जोगिने कम्पनीले जनाएको छ । छालाका समस्याको लागि एक्नेजको शुद्ध हाइट सेरिज फेसवास र घामबाट छालालाई जोगाउन सनप्ले रहेको छ । गर्मी र जाडो दुवै मौसममा प्रयोग हुने यो सनब्लक विभिन्न भेराइटीमा पाइन्छ।

महिला र पुरुषको लागि विभिन्न प्रकारका क्रिम र फेस वास क्रिम बजारमा बिक्री गरिरहेको रोथो ब्रान्डकी मार्केटिङ एक्ज्युकेटिभ दीपा भुजेलले बताइन् । ‘अनुहारको पिम्पल हटाउन रोथोको क्रिम उपयुक्त छ,’ भुजेलले भनिन्, ‘छालामा भएको फोहोर हटाउनको लागि पनि प्रयोग गर्न सकिन्छ ।’ यो ब्रान्डमा महिला र पुरुष सबैको लागि प्रयोग गर्ने क्रिम रहेको उनले बताइन् ।

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad