७ वैशाख २०८१ शुक्रबार
खेल

पीपीएल कार्तिकमा

काठमाडौं – पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी – ट्वान्टी क्रिकेट प्रतियोगितामा कार्तिक ९ देखि २० सम्म पोखरमा हुने भएको छ।

क्विन्स इभेन्स म्यानेजमेन्टले मंगलबार पत्रकार सम्मेलन गरेर पहिलो संस्करणको प्रतियोगिता पोखरमा हुने जनाएको हो । सोही अवसरमा क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले मंगलबाररै प्रतियोगिताको लोगो समेत सार्वजनिक गरियो । प्रतियोगिताको लोगो नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा र नेपाली टोलीका कप्तान पारस खड्काले सार्वजनिक गरे।

पोखरा क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको मुख्य उद्देश्य खेल पर्यटनको सम्भावनाको प्रवद्र्धन गर्दै पोखरालाई क्रिकेट सिटीका रुपमा विकास गर्ने रहेको आयोजक क्विन्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । उनले भने, विभिन्न ६ शहका सहभागी हुने टोली फ्रेन्चाइज आधारमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट हुनेछ । टिम र अक्सनबारे पछि जानकारी गराईने पनि प्रबन्ध निर्देशक लामाले बताए । एभरेष्ट प्रिमियर लिग (इपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) खेल्ने ६ टोली र ३ नयाँ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हुने प्रबन्ध निर्देशक लामाले जानकारी दिए।

प्रकाशित: ५ असार २०७५ २०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App