coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शालिग्राम जोखिमबारे भारतीय नेताको चासो

काठमाडौं- हिन्दुहरुको पवित्र तिर्थको रुपमा रहेको कालिगण्डकी नदीको बढ्दो दोहनबारे भारतीय पूर्व सांसद तरुण विजयले चासो व्यक्त गरेका छन्। 

पछिल्ला वर्षहरुमा दोहनका कारण कालिगण्डकीमा मात्र पाइने शालिग्राम नष्ट हुँदै गएकोबारे नागरिकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउँदै भारतीय जनता पार्टीका पूर्वसांसद तथा नेता विजयले सो चासो व्यक्त गरेका हुन्।

‘शालिग्राम पाईने एकमात्र कालिगण्डकी नदी अहिले बेरोकटोक चलिरहेका गिट्टीबालुवा खानीका कारण गम्भिर संकटमा छ। हालै नेपालको अदालतले वुल्डोजरको प्रयोग लगायतमा तुरन्त रोक लगाउन आदेश दिएको छ’ नेपाल मामिलासम्बन्धी जानकार उनले सामाजिक सञ्जाल ट्विटरमा मंगलबार जनाएका छन्।

हालै उच्च अदालत पोखराको बागलुङ इजलासले कालिगण्डकी नदीमा डोजर, स्काभेटर प्रयोग गरेर गिटी, बालुवा निकाल्न रोक लगाएको हो । बागलुङ नगरपालिका—१ का टेकबहादुर सार्कीले कालिगण्डकी नदीको वहाव परिवर्तन गर्ने गरी ढुंगा, गिटी, बालुवा झिक्दा वातावरणीय रूपमा नकारात्मक प्रभाव परेकाले त्यसलाई रोक्न माग गर्दै दिएको निवेदनमा अदालतले निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो।

#Kaligandaki is the only river in Nepal that gives Shaligrams - Shiva Lingas to worship, is in grave in danger- due to unhindered illegal mining. Now courts in Nepal have issued orders to stop immdtly the use of excavators , bulldozers in Kaligandaki river for mining- https://t.co/CMWEBoLrtM

— Tarun Vijay (@Tarunvijay) June 19, 2018

प्रकाशित: ५ असार २०७५ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App