८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषध र मदिरा रोक्न विद्यार्थी र प्रहरी सक्रिय

डोल्पा – डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन।

लागूऔषध तथा मदिरा दुर्व्यसनी सम्बन्धी सप्ताह ब्यापी कार्यक्रम अनुसार लागूऔषध निषेध र मदिरा नियन्त्रण विरोधको र्याली प्रर्दशन गरिएको छ। विद्यार्थी र प्रहरी तथा कर्मचारीहरूको उपस्थितिमा मदिराको बिक्री वितरणकाे चर्को विरोध गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनका अनुसार बालबालिकाले नै विरोध गरेपछि अभिभावकले बालबालिकाको कुरा मान्ने भएकै कारणले पनि यो अभियानले चलाइएकोह हो। 

डोल्पामा लागू औषधका कारोवार शुन्यनै रहेपनि आगामी दिनमा लागूऔषधका घटनाहरू नघटलान भन्ने कुनै आधार नभएकाले अहिलेबाटै सचेतनाका कार्यक्रम गरिएको प्रहरी नयाव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए। 

विभिन्न सचेतनामुलक सन्देश लेखिएका प्लेकार्डहरू बोकेर विद्यार्थी र प्रहरीका साथै अन्य कर्मचारीहरू निष्केपछि स्थानीयहरू चकित भएका थिए। राम्रो कामको लागि स्थानीय सरकारका प्रतिनिधि र स्थानीय बासिहरू सहभागि नभएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले स्थानीय सरकारप्रति आक्रोस पोखे। 

लागूऔषका घटनाहरू नभएपनि घरेलु मदिराको बिक्री वितरण भने बढ्दो क्रममा रहेको छ। घरेलु मदिराकै कारण घरेलु हिंसा हुने बालबालिकाको भविष्य समेत बर्बाद हुने भएकोले अभिभावकलाई सचेत गराउन विद्यार्थीले भुमिका खेल्ने प्रमुख जिल्ला अधिकारीको भुपेन्द्र थापाको दावी छ। 

प्रकाशित: ५ असार २०७५ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App