रसिया - रसियामा जारी फिफा विश्वकप अन्तर्गत आजबाट समुह चरण अन्तर्गतका पहिलो राउण्डका खेलहरु सकिँदै छन्। आज राती पौने ९ बजे पोल्याण्ड र सेनेगलबीचको खेलसँगै जारी विश्वकपको समुह चरण अन्तर्गतको पहिलो राउण्डका खेलहरु सकिने छन् भने दोश्रो राउण्डका खेलहरु समेत आजबाटै सुरु हुने भएका छन्।
दोश्रो राउण्डकाे सुरुवाती खेलमा आज राती पौने १२ बजे समुह ए मा रहेका आयोजक राष्ट्र रसिया र इजिप्टबीच हुँदैछ। रसियाले आफ्नो पहिलो खेलमा साउदी अरेबीयालाई पाँच शुन्यको फराकीलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुःखद सुरुवात गरिसकेको छ भने इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग पराजित भएको थियो। मोहम्मद सालाहको अनुपस्थिती बिना मैदानमा उत्रेको इजिप्टले खेलको निर्धारित समय सकिनु एक मिनेट अघी गोल खाएको थियो। उरुग्वेका जिमेनेजले खेलको ८९ औ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई महत्वपुर्ण ३ अंक दिलाउन सफल भएका थिए।
समुह चरण अन्तर्गतका पहिलो राउण्डका खेलहरु सकिँदा सम्म समुह ए बाट रसिया र उरुग्वे समुह बी बाट इरान , समुह सी बाट फ्रान्स र डेनमार्क , समुह डि बाट क्रोयसीया , समुह इ बाट सर्बीया , समुह एफबाट स्विडेन र मेक्सिको , समुह जी बाट बेल्जियम र इङ्गल्याण्ड तथा समुह एचबाट बिजयी हुने टोलीको टुङ्गो भने केहि बेरमा लाग्नेछ।
प्रकाशित: ५ असार २०७५ १२:२५ मंगलबार