coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुरा – बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ। आयोजक बूढीगंगाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै उपाधि हात परेको हो।

घरेलु मैदानमा बूढीगंगाले अन्तिमचरणको खेलमा सोझो सेटमा पराजित गरेकाले उपाधिको प्रमुख दाबेदार मानिएको पाहुना टोली त्रिवेणी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ।

बूढीगंगाले जितसँगै ५५ हजार, ५५५ नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको छ भने उपविजेता त्रिवेणीले ३३ हजार ३३३ नगद, प्रमाणपत्र तथा पदक प्राप्त गरेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले जानकारी दिए।

छेडेदह गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको त्रिभुवनेश्वरी मावि त्रिवेणीले २२ हजार २२२ नगदसहित प्रमाणपत्र र प्राप्त गरेको छ।

विजेता टोलीलाई नगर प्रमुख दीपकविक्रम शाह, उपप्रमुख तारा खाती, जिल्ला खेलकूद विकास समिति अध्यक्ष हिक्मत थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए। खेल भानोदय माविको मैदानमा आयोजना गरिएको हो।

नगरपालिकाको सहयोग र जिल्ला खेलकूद विकास समितिको आयोजनामा गरिएको खेलमा १० टोलीले भाग लिएका थिए। तीमध्ये गौमुल, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बडिमालिका नगरपालिकासहित आयोजक बूढीगंगा नगरपालिकाका खेलाडीको सहभागिता थियो।

गाउँ तथा नगरपालिकास्तरमा खेलकूदका गतिविधि बढाउन मेयर कपले सहयोग पुगेको आयोजक बूढीगंगा नगरपालिकाले बताएको छ। युवालाई खेल क्षेत्रमा आकर्षण बढाउन र स्थानीय तहबीचको आपसी सम्बन्ध स्थापित गर्न प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको नगर प्रमुख दीपकविक्रम शाहले बताए। रासस

प्रकाशित: ५ असार २०७५ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App