coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल टेलिकम नेतृत्वविहीन

काठमाडौं- नेपाल टेलिकम सोमबारदेखि नेतृत्वविहीन भएको छ। हाल कार्यरत महाप्रबन्धक बुद्धिप्रसाद आचार्य आइतबार सेवा निवृत्त भएपछि नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेेतृत्वविहीन भएको हो।

सुशील कोइराला सरकारका पालामा २०७१ साल भदौ २० गते महाप्रबन्धक नियुक्त भएका आचार्यको कार्यकाल सकिन लागेकोले अघिल्लो केपी ओलीकै सरकारले नयाँ महाप्रबन्धकको लागि आवेदन माग गरे पनि हाल सरकार परिवर्तन भएकोले नियुक्ति प्रक्रियाबारे कुनै ठोस काम नभएको टेलिकमका कर्मचारीले बताए।

सेयर बजारमा लिस्टेड नेपाल दूरसञ्चार कम्पनी लमिटेडको प्रतिसेयर ६ सय ९१ रुपैयाँको दरले कारोबार भइरहेको सरकार तथा सेयरधनी दुवैलाई नगद लाभांश बाँडिरहेको यस कम्पनीलाई धेरै समय नेतृत्वविहीन राख्नु सरकार तथा सर्वसाधारण लगानीकर्ताको मात्र नभई कम्पनीको लागि पनि हानिकारक हुने कर्मचारीको भनाइ छ।  

 

प्रकाशित: २० भाद्र २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App