coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित एक पक्राउ

लहान - हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।रासस

प्रकाशित: ५ असार २०७५ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App