७ वैशाख २०८१ शुक्रबार
कला

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

काठमाडौं – डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन्।

सार्वजनिक पुस्तकमाथि अन्तक्र्रियासमेत आयोजना भएको थियो ।  कार्यक्रममा नेपाली भाषा विज्ञानका प्राध्यापक डा. माधवप्रसाद पोखरेल, प्रा.डा. मोहन तिमल्सिना, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी र साहित्यकार मोमिला जोशीले पुस्तकका नायक पोख्रेलको सूक्ष्मविश्लेषण गरेका थिए ।

लगनशीलता, सरलता र स्वाध्यायका प्रतिमूर्ति नायक पोख्रेल अर्थशास्त्र, साहित्य र पूर्वी दर्शनका त्रिवेणीका रुपमा स्थापित भैसकेकाले उनको जीवनबाट विशेषतः युवापुस्ताले धेरैकुरा सिक्नसक्ने निचोड पनि अन्तर्विमर्शमा निकालिएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. ऋषिराम पोखरेल, सम्पादक डा. हरिप्रसाद पोखरेलले लेखकले पुस्तक तयार गर्ने पद्धतिमा सुधार गर्नुुपर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको थियो ।

 

प्रकाशित: ५ असार २०७५ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App