राजपा राजनीतिक समिति बैठक

बहुमतबाट निर्णय गर्नुपर्ने महतोको प्रस्ताव

मङ्गलबार, ०५ असार २०७५, ०७ : ०६ नागरिक

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अध्यक्ष मण्डलको अधिकार कटौती गर्न प्रस्ताव गरेका छन्। सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी राजनीतिक समिति बैठकमा उनले पार्टीका हरेक निर्णय अध्यक्ष मण्डलको सहमतिबाट गर्नुपर्ने वैधानिक प्रावधानका कारण महत्वपूर्ण विषयमा निर्णय गर्न अप्ठ्यारो हुने गरेको गुनासो गरे। स्रोतका अनुसार बैठकमा उनले भने, ‘पार्टी विधानका अनुसार हरेक विषय टुंग्याउन अध्यक्ष मण्डलको सहमति आवश्यक हुन्छ तर अध्यक्ष मण्डलमा सहमति नहुँदा धेरैवटा प्रस्ताव ज्यूँका त्यूँ छन्।’

बैठकमा महतोले अध्यक्ष मण्डलको अधिकार कटौती गरी राजनीतिक समितिलाई दिनुपर्ने तर्क गरेको स्रोतले बतायो। ‘राजनीतिक समितिबाट बहुमत र अल्पमतका आधारमा निर्णय गर्न सहज हुने हुँदा अध्यक्ष मण्डलको अधिकार राजनीतिक समितिलाई दिनुपर्ने महतोको धारणा छ,’ सोतले भन्यो। प्रतिनिधिसभा निर्वाचन भएको सात महिना हुन लाग्दा पनि पार्टीमा संसदीय दलको नेता चयन नहुनु लाजमर्दो भएको महतोको भनाइ थियो।

महतोले असार महिनासम्म पार्टी महाधिवेशन गर्न निर्वाचन आयोगले भने पनि महाधिवेशन तयारी अघि नबढेकोमा बैठकमा चिन्ता व्यक्त गर्दै संसदीय दलको नेता तत्काल चयन नगर्न पनि सुझाए। उनले रेशम चौधरीको शपथग्रहण, मुद्दा फिर्ता र संविधान संशोधन हुने विश्वसनीय वातावरण नबनेसम्म राजपा सरकार जान नहुने धारणा राख्दै असारसम्म महाधिवेशन गर्न सक्ने अवस्था नभएकाले महाधिवेशनका लागि ६ महिना म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुपर्ने बताए।

बैठकको प्रारम्भमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले निर्वाचन आयोगले पठाएको चिठीबारे जानकारी दिँदै पार्टी सरकारमा जाने वा नजाने लगायत विषयमा सुझाव दिन नेताहरूलाई आग्रह गरेका थिए। राजनीतिक समितिको बैठक मंगलबारसमेत बस्नेछ।







यसमा तपाईको मत

अन्य समाचार

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

Ncell Footer Ad