पूर्व प्रधानमन्त्री भट्टराईले यसरी सम्झिए सहपाठी देवकोटालाई

सोमबार, ०४ असार २०७५, २० : ४१ नागरिक

काठमाडौं-  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा पूर्व प्रधानमन्त्री तथा उनका स्कुल तथा कलेज जीवनका सहपाठी डा. बाबुराम भट्टराईले दु:ख प्रकट गरेका छन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले डा. देवकोटाले स्कुल र कलेज जीवनका सम्झनाले आजीवन पछ्याइरहेन बताएका छन्। डा. देवकोटा नेपाल आमाका सुयोग्य सपूत भएको भन्दै उनले नेपाली इतिहासले लामो समयसम्म सम्झना गरिरहने बताएका छन्।

'तिमी आफै एक वेजोड चिकित्सक थियौ; त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्तत: तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र', उनले भनेका छन्।

'भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन्।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!', स्ट्याटसमा उल्लेख छ।

'नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!!' उनले भनेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad