coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोल्पाका सहकारी संस्था स्थानीय सरकारको जिम्मामा

डोल्पा – डोल्पाका सम्पूर्ण सहकारी संस्थाहरूको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ। डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा सोमबार सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतहरूकोलागि अभिमुखिकरण एवं अभिलेख हस्तान्तरणको पहिलो दिन डोल्पाका ५३ वटा सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो।

डोल्पाका आठवटा स्थानीय तह मध्ये सातवटा स्थानीय तहमा मात्रै सहकारी संस्था रहेका छन्। जसमा त्रिपुरा सुन्दरी नगरपालिकामा १९ वटा, ठूलीभेरी नगरपालिकामा २०, मुड्केचुला गाउँपालिकामा ५, जगदुल्ला गाउँपालिकामा ४, शे–फोक्सुन्डो गाउँपालिकामा २, छार्काताङसोङ गाउँपालिकामा १, काईके गाउँपालिकामा २ सहकारी रहेका छन्। डोल्पो बुद्ध गाउँपालिकामा भने एउटै पनि सहकारी संस्था छैन्।

अभिमुखिकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तहमध्ये काईके गाउँपालिकाका प्रमुख आफैं उपस्थित भएका थिए भने त्रिपुरा सुन्दरी, ठूलीभेरी, जगदुल्ला, मुड्केचुला लगाएतका स्थानीय तहबाट प्रमुख तथा उप–प्रमुखको उपस्थिति नभइ प्रतिनिधिमात्रै उपस्थित थिए।

सहरकारी सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम विशेषगरि स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीकालागि उपलब्धिमुलक भएपनि उनीहरूकै न्यून उपस्थिती रहेको पाइएको छ।

 

प्रकाशित: ४ असार २०७५ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App