८ वैशाख २०८१ शनिबार
समाज

बेपत्ता युवा मृत भेटिए

ताप्लेजुङ – विश्वकप फुटबल हेरेर हाङ्देवाबाट सदरमुकाम फुङलिङ तर्फ फर्कदै गर्दा हाङ्देवा पहिरो स्थित लप्सेखोलाले बगाएर बेपत्ता इलाम स्थायी घर भएका एक युवाको शव फेला परेको छ।

इलाम स्थायी घर भई फुङलिङ नगरपालिका वडा नम्बर ५ मा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा कार्यरत सनम राई मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले यसअघि उनी सवार मोटर साईकल भेटिएको भन्दा करिब २ सय मिटर तल रुखमा अड्कििएको अवस्थामा सनमको शव फेला परेको जानकारी दिए।

जनता मावि हाङ्देवाबाट विश्वकप हेरेर फर्कदै गरेका उनलाई खोला तर्ने क्रममा मोटरसाइकल सहित खोलाले बगाएको थियो। उनी सवार मोटरसाइकल फेला परेपनि सनमलाई भने फेला पार्न सकिएको थिएन। 

 

प्रकाशित: ४ असार २०७५ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App