८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश पाँचको संसद कांग्रेसद्वारा अवरुद्ध

भैरहवा- प्रदेश पाँचको प्रदेश सभा वैठक प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। असार १ गते पेश भएको प्रदेश बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो। आज विनियोजित बजेटमाथी छलफल थियो। छलफलको सुरुमै नेपाली कांग्रेसका डिल्ली चौधरीले बजेटमा असन्तुष्टि व्यक्त गर्दै विरोध जनाए। बजेट कनिका छराई भएको, मन्त्री र पहुँचका आधारमामात्र बजेट पोको पारेर राखिएको भन्दै उनले विरोध गरे।

त्यस लगत्तै कांग्रेसका सांसद आफ्नो ठाउँबाट उठेर विरोध जनाए। कांग्रेसको विरोध पछि सभामुखले प्रदेश सभा बैठक २० मिनेटलाई स्थगित गरे।

प्रकाशित: ४ असार २०७५ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App