८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियसभामा महिला सांसदको कार्यकाल निर्धारण

काठमाडौँ- राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।

त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।

प्रकाशित: ४ असार २०७५ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App