८ वैशाख २०८१ शनिबार
राजनीति

संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अाेलीले भाेलीबाट हुने चीन भ्रमणबारे संसदलार्इ जानकारी गराउने भएका छन्र। आज अपराह्न ४ बजे बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदलाई जानकारी गराउने कार्यक्रम रहेको स्रोतले बताएको छ।

उनी १ सय २० सदस्यीय नेपाली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ समकक्षी लि खछाङको औपचारिक निमन्त्रणामा जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने चीन भ्रमणमा निस्कन लागेका हुन्।

प्रकाशित: ४ असार २०७५ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App