coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सेलोमा भोट युद्ध र कविता

काठमाडौं– शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो।  

आइतबार  सयौं बर्षअघि तिब्बतमा नुन लिन जाँदा तामाङ र तिब्बतीबीच भएको युद्ध समेटिएको लोकनाटक ‘ताचेमा’ र बुद्धचित्त मालाको बोटलाई संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा उभ्याइएको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ शिल्पीको गाठाले नाटकघरमा मञ्चन भएका थिए। 

तामाङ मौलिक खाना, पुस्तक प्रदर्शनी र ताम्बा नाचसहित राजधानीको गोपाल फ्युबाले संयोजन गरेको ‘ताचेमा’ धादिङ जिल्लाको प्रचलित लोकनाटक मानिन्छ । रातो बस्त्रधारी तिब्बती सेना र सेतो ब्रस्त्रधारी तामाङ सेनाबिच भएको युुद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छन् । दुवै पक्ष मिलेपछि नुनस“ग अन्न साटेर तामाङहरू तिब्बतबाट फर्किन्छन्।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशन फ्युबा, मनोज लोप्चन सिंग बहादुर तबमाङ प्रकाश तामाङ सन्देश तामाङ सुभ सन्तोश तामाङ बिकल तामाङ मुस्कान तामाङ डिम्पल तामाङ रेशा तामाङ र बिनिता तामाङले अभिनय गरेका थिए।  

त्यस्तै कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ले भने पितृप्रतिको सम्मान, समर्पण र उनीहरूको मूल्यबोधको सौन्दर्य प्रस्तुत गरिएको थियो । बसन्त चौधरीको नेपाली कविता ‘मेरो बोधिबृक्ष’को तामाङ रुपान्तरणलाई शान्ति वाइवाले नाटकको रुपमा निर्देशन गरेकी हुन्।

 बुद्धचित्त मालाको रुखलाई पुर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरू अन्त्यमा आफ्नो बुबा–आमा (संस्कृति) सम्झेर फर्किन्छन् । नाटकमा शान्तिस“गै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए । नाटक निर्देशकहरूलाई प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले मायाको चिनो प्रदान गरेका थिए।

‘परापूर्व कालदेखि तामाङहरू उपत्यका आसपास छरिएर रहेको पाइन्छ’ उनले भने, ‘तर, अहिले आधुनिकताका कारण विस्तारै परिस्थिति बदलि“दैछ । जे जस्तो भएपनि आफ्नो मौलिक संस्कृति जोगाइ राख्नुपर्छ । त्यस दृष्टिले यस्तो महोत्सव निकै अर्थपूर्ण हुनसक्छ ।’ नाटक मञ्चन अघि ‘तामाङ रंगमंचको अवस्था’बारे भाषाविद अमृत योन्जनले कार्यपत्र पेश गरेका थिए।

उनले तामाङहरू लोकनाटकमा धनी भएपनि आधुनिक रंगमञ्चमा बल्ल पाइला चाल्न थालेको बताए । महोत्सवको कार्यपत्र सेसनमा समाजशास्त्री डा. मुक्तसिंह तामाङ, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त लगायतले रंगमञ्चको चर्चा गरेका थिए । काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रतिष्ठान र सेलो फाउन्डेसनले गरेको महोत्सवको तेस्रो दिन सोमबार एक कार्यपत्र, एक आधुनिक नाटक र एक लोक नाटक प्रस्तुत हुनेछन् ।  
 

प्रकाशित: ४ असार २०७५ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App