बिहारी चाप्लिनको नेपाल यात्रा

सोमबार, ०४ असार २०७५, ०९ : ३३ नागरिक

39


काठमाडौं–  भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते बिहार’को प्रचार गर्न उनी नेपाल आएका हुन् ।

उद्देश्य फिल्म प्रचार भएपनि आइतबार ठमेलमा आयोजित पत्रकार भेटघाटमा उनको अर्को परिचय हाबी भयो । परिचय थियो– चार्ली चाप्लिन–२ को । खासगरी भारतमा स्टेज पर्फमरका रुपमा प्रख्यात राजनले विश्वप्रख्यात कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन् । सन् २०१० मा ‘चार्ली चाप्लिन–२’का रुपमा उनको नाम गिनिज बुक अफ रेकर्ड र लिम्का बुक अफ रेकड्र्स पनि लेखिएको छ । पत्रकारको आग्रहपछि कार्यक्रममै उनले चार्लीको शैलीमा अभिनय गरेर सहभागीलाई हँसाएका थिए ।

भेटघाटमा राजनले आफ्नो फिल्म ‘नमस्ते बिहार’को कन्टेन्टबारे बोलेका थिए । ‘फिल्म बिहारमा जन्मिएको एक युवा डब्लुको कथा हो,’ पत्रकारमाझ उनले भने, ‘जहाँ डब्लुको भूमिकामा म स्वयम्ले निर्वाह गरेको छु । फिल्ममा डब्लु निडर र साहसी युवाको भूमिकामा छ । एउटा इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको भूमरीमा नचाहँदानचाहँदै फस्छ फिल्म त्यसकै वरिपरि घुमेको छ ।’

फिल्ममा भूमिका कलिता महत्वपूर्ण भूमिकामा छिन् ।  उनले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छिन् ।राजनका अनुसार ‘नमस्ते बिहार’ बिहारको पत्रिकाको नाम हो र यही नामलाई फिल्मको नामको रुपमा राखिएको हो । फिल्मलाई भारतको पटना, बिहार, जमलपुर लगायतका ठाउँमा खिचिएको कार्यक्रममा जानकारी दिइयो । ‘भारतमा नेपाली फिल्मका दर्शक धेरै छन् भन्ने थाहा छ, त्यसैले घुमघाम र फिल्मको प्रचारको उद्देश्य लिएर नेपाल आएको हुँ,’ राजनले भने ।

प्रेसमिटमा राजनलाई फिल्म निर्माता राजकुमार महतोले नेपाली खुकुरी उपहार स्वरुप प्रदान गरेका थिए । राजन स्टेज नृत्यमा पनि लोकप्रिय छन् । सन् १९९८ मा उत्कृष्ट छाउ नृत्य गरेवापत उनलाई नेसनल अवार्डसमेत प्रदान गरिएको थियो । सन् २०१६ को भारतीय पद्यश्री अवार्डमा पनि उनी मनोनयनमा परेका थिए ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...