coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदूषणले आँखाको दृष्टि गुम्दै

काठमाडौं - काठमाडौंमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै आँखा विज्ञहरुले बताएका छन्। आँखा चिलाउने, आँखा रातो हुने, आँखामा आँसु आउने, सीधै घाममा हेर्न गाह्रो हुने, विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुक्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने र पूरै दृष्टि गुमेको आँखा विशेषज्ञहरुले औंल्याएका छन्।

चिकित्सकका अनुसार आँखा एलर्जीका बिरामीहरु मेडिकलबाट जथाभावी औषधि किनेर राख्ने, एलर्जी पटक–पटक बल्झेपछि चिकित्सकले एक पटक दिएको औषधि आपूmखुशी किनेर पटक–पटक राख्ने गरेको कारण आँखाको दृष्टि गुम्न पुगेका हुन्। ‘धेरैजसो आपूmखुशी मेडिकलबाट औषधि किनेर आँखामा हाल्दा दृष्टि कमजोर हुने र कतिको पछि गएर दृष्टि गुम्ने गरेको देखिन्छ,’ टिचिङ अस्पतालकी कोर्निया प्रत्यारोपण विशेषज्ञ डा. मिनु चौधरीले भनिन्। उनका अनुसार अस्पतालमा प्रतिदिन ३ सय बिरामी आएमा औसत १ सयभन्दा बढी एलर्जीका बिरामी आउँछन्। ती मध्ये ०.२ प्रतिशतमा दृष्टि कमजोर बनिसकेको तथा गुम्ने समस्या रहेको देखिन्छ।

आँखाको एलर्जी भएरै आउनेमा दैनिक औसत ३ सय जना प्रदूषित वातवरणको मात्र रहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक ७ सय जना बिरामी आउँछन्। राजधानीमा बाह्रै महिना प्रदूषण भएकाले एउटै व्यक्तिलाई पटक–पटक एलर्जी हुने गरेको चिकित्सकहरुले बताउँछन्।

एलर्जीमा जटिलता आएपछि आँखाको नानीमा घाउ, आँखामा रोग हुने, नानी बाहिर निस्कने, आँखा पाक्ने जस्ता समस्या हुँदै बिस्तारै किराटोक्रोनर (विस्तारै चिलाउने रोकिने हुँदै गएर दृष्टि नै कमजोर हुने) हुन्छ। कडा औषधिले भने मोतीविन्दु र जलविन्दु हुन्छ। ‘एक पटक औषधि किनेको हुन्छ, अर्को पटक एलर्जी हुँदा पनि त्यही औषधि आफैं किनेर राखेको हुन्छ,’ काठमाडौं मेडिकल कलेजकी नेत्र विशेषज्ञ डा. सविना श्रेष्ठले भनिन्। आफ्नै तरिकाले औषधि राखेकै कारण जलविन्दु, मोतीविन्दु, किराटोक्रोनर (बिस्तारै नानीको दृष्टि कमजोर बनाउने) हुने समस्या छन्।

डा. चौधरीका अनुसार एलर्जीका बिरामीहरु आँखामा समस्या आएपछि सिधै औषधि पसलबाट औषधी किनेर पटक–पटक आँखामा राख्ने र निको नभएपछि मात्रा अस्पताल पुग्ने पवबृत्तिले आँखामा जलबिन्दु, मोतीविन्दु भएको हुन्छ। मोतीविन्दु र जलविन्दुले आँखाको दृष्टि नै गुमेको हुन्छ। एलर्जीका बिरामीहरुले मेडिकलबाट ‘स्टोरोइड’ नामक औषधी किनेर प्रयोग गरेको देखिन्छ। यो औषधि कडा खालको भएको हुनाले एलर्जी एकछिनमै निको हुन्छ। तर यसले पछि गएर आँखामा नकारात्मक असर पु-याउँछ। यो औषधिले आँखामा असर पुग्छ भन्ने विषयमा जानकारी नै छैन।

‘सिरोइड’ को प्रयोगले उनीहरुले सिरोइड भन्ने औषधि दिन्छ। यो कडा खालको हुन्छ। एक छिनमा निको हुन्छ। तर बिरामीले यो प्रत्येक पटक एलर्जी हुँदा सिधै औषधि पसलबाट किनेर प्रयोग गरैकै कारण आँखामा फुलो पर्ने, आँखाको नानीमा घाउ हुने जस्ता असर पर्छ। यही जलविन्दु र मोतीविन्दु गराउने पनि गर्छ। त्यसै गरी चिकित्सकले एक पटक कुनै रोगमा सिफारिस गरको आँखाको औषधि पनि बिरामीले आपूmखुशी पटक–पटक प्रयोग गरेका कारण आँखामा जटिल समस्या भएको हो।

बिरामी सचेत नहुनु र सरकारले औषधि पसलको अनुगमन नगर्नु दुवै कमजोरीको कारण बिरामीले गम्भीर असर झेल्नु परेको डा. चौधरीले बताइन्। उनी भन्छिन्, ‘त्यस्तो औषधिको अनुगमन पनि छैन, बिरामीहरुमा प्रेप्सकिप्सन लिएर औषधि किन्ने बानी नै छैन।’
विगत पाँच÷छ वर्षदेखि आँखामा एलर्जी हुने क्रम बढ्दै गएको चिकित्सकहरु बताउँछन्। ‘पहिला वसन्त क्रतुमा मात्र हुने आँखाको एलर्जी अहिले बाह्रै महिना देखिन्छ,’ डा. चौधरीले भनिन्। आँखाको एलर्जी बच्चादेखि वयश्क सबै उमेरकामा रहेको डा. चौधरीले बताइन्। वातवरणीय प्रदूषण र विश्वव्यापी तापमानमा आएको परिवर्तनको असर वातवरणमा परेका कारण यो रोग कायम रहने भएकाले सचेत हुन चिकित्सकले सुझाएका छन्। यसको लागि बाहिर हिँड्दाडुल्दा चश्माको प्रयोग गर्ने, सफा पानीले आँखा सफा गर्ने, चिकित्सकको सुझावमा मात्र औषधिको प्रयोग गर्ने गर्नाले आँखा बिग्रिनबाट बचाउन सकिने चिकित्सकहरुका सुझाव छ। सरकारले सकेसम्म प्रदूषण नियन्त्रणको लागि छिटो कदम चाल्नु नै उचित समाधान भएको डा. चौधरीले बताइन्।

प्रकाशित: ४ असार २०७५ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App