नारायणगढ–मुग्लिन सडक

दुर्घटना कम गर्न ‘टाइम–कार्ड’ लागू गर्ने तयारी

सोमबार, ०४ असार २०७५, ०९ : ०४ सविता श्रेष्ठ

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५, चेपाङडाँडा नजिक ३ नम्बर पुलमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल पुलको विपरीत साइडको रेलिङमा ठोक्कियो । मोटरसाइकल पुलमै पल्टिए पनि त्यसमा सवार दुईजना भने पुलमुनि खसे। पुलबाट करिब सय मिटर तल त्रिसुली नदी किनारमा खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनामा डलेल्धुरा गणेशपुर–६ का २५ वर्षका अभिषेक मल्ल र २२ वर्षका तेजबहादुर बोहोराको मृत्यु भएको हो। घुम्तीमा रहेको पुलमा मोटरसाइकलको तीव्र गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमको अनुमान छ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार थालिएको तीन वर्ष दुई महिनामा उक्त सडकमा १ सय ७० वटा दुर्घटना भएका छन्। यी दुर्घटनामा १ सय २८ जनाको मृत्यु र ४ सय ३४ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड सबै पीच गरेर राम्रो बनाएपछि अहिले सवारीसाधनहरू तीव्र गतिमा गुड्ने गरेका छन्।

गएको जेठ २२ गते पूरै सडकखण्ड कालोपत्रे गरिएपछि जेठ २३ गतेबाट सडक २४ सै घण्टा खुला गरिएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले सडकखण्डको आइतबार अनुगमन गरेका छन्। सडक अनुशासनअन्तर्गत गाडी चलेका छन् कि छैनन् भनेर अनुगमन गरिएको हो।

अनुगमनका क्रममा तीव्र गतिमा सवारीसाधन चलाउने दश चालकलाई कारबाहीसमेत गरिएको छ। पूरै सडक कालोपत्रे भइसकेपछि सडक दुर्घटना हुने खतरा बढेको चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेत बताउँछन्। ‘आधा घण्टामै नारायणगढ–मुग्लिन सडक पार गर्ने गरेको पाइयो,’ बस्नेत भन्छन्, ‘दुर्घटना हुने खतरा उच्च देखियो।’

कालोपत्रे गर्दा सडकका दुई छेउमा कुनै खाली ठाउँ नराखी कालोपत्रे गरिएको छ। जसका कारण सवारीसाधन सडक किनारसम्म गुड्ने हुँदा दुर्घटना भएर नदीमा खस्ने खतरा देखिएको उनी बताउँछन्। यस्ता ठाउँमा रोड सेफ्टी ब्यारियर लगायतका ‘रोड–फर्निचर’ नबनेकाले समेत दुर्घटनाको जोखिम धेरै भएको प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाइ छ।

निर्माणाधीन सडकका धेरै ठाउँमा रोड–फर्निचर बनाउन बाँकी छन्। केही पुलमा रेलिङ नै छैनन् भने केही पुलका रेलिङ भए पनि काम नलाग्ने अवस्थामा छन्। यसले पनि दुर्घटनाको जोखिम बढाएको छ। त्यसैले रोड–फर्निचर पूरा नभए पनि तत्काललाई स्पीड नियन्त्रण गर्न ‘टाइम–कार्ड’ लागू गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

लु १ ज २९५१ नम्बर माइक्रोबसका चालक रामबहादुर सिंजाली बाटो बनेपछि सडक पार गर्न सजिलो भएको बताउँछन्। पहिले घण्टौं लाग्ने सडकको यात्रा अहिले आधा घण्टामै पूरा हुने उनले बताए । सडक किनारमा सुरक्षा पर्खाल नहुँदा र वर्षात्मा पहिरो खस्ने जोखिमका कारण निर्धक्क भएर यात्रा गर्न नसकिएको उनी बताउँछन्।

‘दुर्घटना हुन नदिन सचेत भएका छौं,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘पहिलेको तुलनामा दुर्घटना बढी नहोस् भनेर कारबार्ही र टाइम–कार्डको तयारी गरिएको छ।’ दुर्घटना न्यूनिकरण गर्न लागू गरिने टाइम–कार्ड प्रयोगमा ल्याउन अध्ययन गरिने उनले बताए। उनका अनुसार वैज्ञानिक तरिकाले कति समयमा बाटो काट्नुपर्ने हो त्यो अध्ययन गरेर समय निर्धारण गरेपछि टाइम–कार्ड लागू गरिनेछ।

टाइम–कार्ड कार्यान्वयनमा ल्याउनु अघिको तीव्र गति नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘राडर–गन’ को प्रयोग सुरु गरेको छ। सडकखण्डमा ट्राफिक प्रहरीले राडर–गनको माध्यमबाट सवारीसाधनको गति जाँच गर्नेछन्। तीव्र गतिमा सवारीसाधन चलाउनेलाई तत्काल कारबाही गरिने ट्राफिक प्रहरी प्रमुख गौतमको भनाइ छ।

अहिले ४० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा सवारीसाधन चलाउनेलाई गति जाँच गरेर कारबाही गर्न सुरु गरिएको उनले जानकारी दिए। तीव्र गति, लेन अनुशासन पालना नगर्ने र मादक पदार्थ पिएर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनले बताए। सडकमा जथाभावी गरिने ओभरटेकका कारणले पनि दुर्घटना हुने गरेका छन्।

तीव्र गति नियन्त्रण गर्न र ट्राफिक नियम पालना गराउन नारायणगढ–मुग्लिन सडकखण्डमा राडर–गनको प्रयोग र चेकजाँचलाई तीव्र बनाइनेछ। ट्राफिक कार्यालयले सुरक्षित यात्रा गर्न नियम पालना गर्न सचेतना कार्यक्रम सञ्चालनसँगै नियम उल्लंघन गर्नेलाई चेकजाँच गरेर कारबार्ही गर्ने ट्राफिक प्रमुख गौतमले जानकारी दिए। छिटो पुग्ने हतारमा बढी गतिमा यात्रा गर्न नहुने उनी बताउँछन्। ‘प्रतिस्पर्धाको भावनाले यात्रा नगरौं,’ उनले भने, ‘सुरक्षित यात्रा गरौं।’

सामान्य गतिभन्दा धेरै छिटो सडकखण्ड पार गर्ने पाइएकाले कारबाही र अनुगमन बढाइएको ट्राफिक प्रमुख गौतम बताउँछन्। उक्त सडकखण्डमा अहिले ३५ दिने सडक सुरक्षा जनचेतना अभियान पनि सञ्चालन भइरहेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad