१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी पक्राउ

काठमाडौं – नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट  पक्राउ गरेको हो।

इन्टरपोलले उनीहरुको पासपोर्ट नक्कली भएको जानकारी नेपालमा दिएपछि प्रहरीले खोजी गरेर ठमेलबाट चार जनालाई नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत होमनाथ थपलियाले उनीहरुलाई नियन्त्रमा लिएर थप अनुसन्धान भइरहेको बताए। ‘उनीहरु  यही असार १ गते नेपाल भित्रिएका हुन्’, उनले भने, थप दुई जना पनि शंकाको घेरामा छन्। उनीहरुलाई पनि गिरफ्तार गरेर अनुसन्धान गरिने छ।’

अनुसन्धान जारी रहेकाले  नक्कली पासपोर्टमा आए नआएको अहिलेसम्म पुष्टि नभएको थपलियाले बताए।

प्रकाशित: ४ असार २०७५ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App