coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मेगा बैंकका तीन नयाँ बचत योजना

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले एउटा मुद्दती र दुईवटा बचत योजना ल्याएको छ।सर्वाधिक ब्याज दिने उद्देश्यले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ ।

न्यूनतम लाख रुपैयाँमै मुद्दती खाता खोल्न सकिने र यसमा मासिक भुक्तानी हुने गरी वार्षिक १२.५ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । यस योजनामा ग्राहकलाई निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा दिइने जारी विज्ञप्तिमा उल्लेख छ।

‘मेगा राइजिङ बचत खाता’ योजनामा न्यूनतम १० हजार रुपैयाँमै बचत खाता खोल्न सकिने छ ।यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी वार्षिक ८.५० प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । यो योजनामा ग्राहकका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सी–आस्बा सेवा निःशुल्क छ । यस्तै, दुई लाख रुपैयाँसम्म एबिबिएस सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: ४ असार २०७५ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App