विश्वकप फुटबल

भाग्य परिवर्तनको अभियानमा इङ्ल्यान्ड

सोमबार, ०४ असार २०७५, ०२ : १३ एजेन्सी

86


भोल्गोगार्ड – इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेपछि विश्वकपका ४ खेलमा इङ्ल्यान्ड जितविहीन बन्दै आएको छ र यस क्रममा आठ वर्ष बितिसकेको छ।

सोमबार समूह ‘एफ’ मा ट्युनिसियाविरुद्धको खेलसँगै रूस विश्वकप यात्रा सुरु गर्दा इङ्ल्यान्ड सुखद नतिजाका साथ आठवर्षे जितविहीन यात्रामा पूर्णविराम लगाउने उद्देश्यमा हुनेछ । गारेथ साउथगेटको इङ्ल्यान्डले अभ्यास खेलमा उत्कृष्ट नतिजा हात पार्दै आफू लयमा रहेको प्रस्ट पारिसकेको छ। 

सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका साउथगेटले इङ्ल्यान्डलाई पुनः एक पटक बलियो टोलीको छवि दिन सफल भएका छन् । दुईवर्षे कार्यकालमा सुखद नतिजा दिलाउँदै साउथगेट समर्थकको प्रिय बन्न भ्याइसकेका छन् । त्यसैले ठूला प्रतियोगितामा अभागी टिमका रूपमा रहँदै आएको भाग्य यसपालि परिवर्तन हुनेमा उनी आशावादी छन्।

‘पछिल्ला वर्षहरूमा समर्थकले इङ्ल्यान्ड टोलीबाट आशा मारिसकेका थिए,’ साउथगेटले भने, ‘तर हामीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन र नतिजाका साथ राष्ट्रिय टोली र समर्थकको अपेक्षाबीचको दूरी घटाएका छौं ।’ साउथगेटले टोलीका विषयमा अनावश्यक खबर सार्वजनिक गरेर टोलीमाथि दबाब सिर्जना गर्नुभन्दा सकारात्मक पक्षबारे लेख्दै राम्रो प्रदर्शनका लागि प्रेरित गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्।

उत्कृष्ट टोली हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लयअनुरूपको प्रदर्शन गर्न नसक्दा इङ्ल्यान्ड सधँै आलोचित बन्दै आएको छ । सन् २०१० को विश्वकपमा सहभागी टोलीलाई इङ्ल्यान्ड फुटबल इतिहासकै सुनौलो पुस्ताका रूपमा लिइन्छ । टोलीमा स्टेफन जेरार्ड र वायन रुनीजस्ता स्टार खेलाडी थिए । उक्त विश्वकपको अन्तिम १६ मा जर्मनीलाई नतिजा सुम्पिएको इङ्ल्यान्डले त्यसपछिका ठूला प्रतियोगितामा भने सोचेअनुरूप नतिजा ल्याउन सकेको छैन।

सन् २०१२ को युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको इङ्ल्यान्डले सन् २०१४ को ब्राजिल विश्वकपमा एउटा पनि जित हात पार्न सकेन । प्रतियोगितामा इङ्ल्यान्ड दुई खेलमा पराजित भयो भने १ खेलमा बराबरीमा रोकिएको थियो । सन् २०१६ को युरोपिनयन च्याम्पियनसिपको अन्तिम १६ मा प्रतियोगिताको नवप्रवेशी आइसल्यान्डसँग २–१ को हार इङ्ल्यान्डका लागि थप पीडादायी बन्यो।

प्रतियोगिताकै तेस्रो युवा टोलीका रूपमा रूस भ्रमणमा निस्किएको साउथगेटको टोलीमा इङ्लिस प्रिमियर लिगकै चर्चित अनुहार ह्यारी केन, मार्कुस रसफोर्ड, डेले अली, जेमी भार्डे, जेसी लिंगार्ड, रहिम स्टर्लिङजस्ता उत्कृष्ट खेलाडी समावेश छन् । जो ट्युनिसयाको रक्षापंक्तिलाई दबाबमा राख्न सक्षम छन्।

सोमबार ट्युनिसिाविरुद्ध मैदान उत्रँदा साउथगेटसँग अग्रपंक्तिमा धेरै विकल्पहरू हुनेछन् । यी दुई टोली पछिल्लो पटक सन् १९९८ को फ्रान्स विश्वकपको समूहचरणमा आमनेसामने भएका थिए । त्यति बेला खेल इङ्ल्यान्डले जितेको थियो। इङ्ल्यान्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेको समूह ‘जी’ बाट इङ्ल्यान्ड र बेल्जियम अन्तिम १६ का प्रमुख दाबेदार हुन् । यता १२ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको ट्युनिसिया इङ्ल्यान्डविरुद्ध सुखद नतिजा ल्याउँदै आफ्नो पुनरागमन सार्थक बनाउने लक्ष्यमा हुनेछ।

सन् १९९८ को विश्वकपमा मेक्सिकोमाथि ३–१ को विजयी नतिजा ल्याउँदै प्रतियोगितामा जित हात पार्ने पहिलो अफ्रिकन राष्ट्र बनेको ट्युनिसियाले सन् १९९८ , २००२ र २००६ को विश्वकपमा सहभागी भए पनि दोस्रो जित दर्ता गर्न सकेको छैन । अभ्यास खेलमा स्पेनलाई कठिन चुनौती दिँदै ट्युनिसियाले आफ्नो रक्षापंक्ति बलियो भएको संकेत भने गरिसकेको छ । यौसेफ मास्किनी र वाहबी खाजारी इङ्ल्यान्डको रक्षापंक्तिका लागि चुनौती बन्न सक्छन् ।

सोमबारै समूह ‘जी’ को अर्को खेलमा बेल्जियमले पानामाको सामान गर्दै छ । रोमेलु लुकाकु, केभिन डी ब्रुयना, द्रिइस मार्टिन्स र इडेन हाजार्डजस्ता व्यावसायिक फुटबलका स्टारहरू सम्मिलित बेल्जियमलाई प्रतियोगिताकै दाबेदार टोलीको रूपमा हेरिएको छ । विश्वकपअघिका दुवै अभ्यास खेलमा सहज नतिजा ल्याएको बेल्जियम पानामाविरुद्ध सहज जित हात पार्दै पहिलो खेलबाटै समूह ‘जी’ को विजेतामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । यता पहिलो पटक विश्वकपमाा छनोट भएको पानामा बेल्जियमसँग अंक खोस्दै आफ्नो सहभागिता सफल बनाउन चाहन्छ।

इङ्ल्यान्डको टिम :
गोलकिपर :
 ज्याक बटल्यान्ड (स्टोक), जोर्डन पिकफर्ड (एभर्टन), निक पोपे (बर्नली)

रक्षक : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (लिभरपुल), ग्यारी काहिल (चेल्सी), फाबियन डेल्फ (म्यानचेस्टर सिटी), फिल जोन्स (म्यानचेस्टर युनाइटेड), ह्यारी मागुइरी (लेस्टर), ड्यानी रोज (टोटेनह्याम), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियार (टोटेनह्याम), काइल वाल्कर (म्यानचेस्टर सिटी), एस्ले योङ (म्यानचेस्टर युनाइटेड)

मिडफिल्डर : डेले अली (टोटेनह्याम), इरिक डायर (टोटेनह्याम), जोर्डन हेन्डरसन (लिभरपुल), जेसे लिंगार्ड (म्यानचेस्टर युनाइटेड), रुबेन लफ्टस चेक (क्रिस्टल प्यालेस)

फरवार्ड : ह्यारी केन (टोटेनह्याम), मार्कुस रसफोर्ड (म्यानचेस्टर युनाइटेड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), जिमी भार्डे (लेस्टर), ड्यानी वेल्बेक (आर्सनल)

ट्युनिसियाको टिम :
गोलकिपर : फारुक बेन मुस्तफा (अल सबाब), मोइज हसन (चाटेउरोक्स), अ‍ैमेन माथलुथी (अल बाटिन)

रक्षक : रामी बेडुई (इटोइल डु साहेल), योहान बेनालोउने (लेस्टर), स्याम बेन युसुफल (कासिम्पासा), डिलान ब्रुन (जेन्ट), औसामा हाडाडी (डिजोन),अली मालोल (अल आहली), यासिन मेरिया (सिएस स्फाक्सिन), हाम्डी नागुइज (जामालेक)

मिडफिल्डर : मोहम्मद एमिन बेन एमोर (अल आहली), गाइलेन चालाली (इस्पेरान्स), अहमद खलिल (क्लब अफ्रिकन), शेफ इडिन खाउई (ट्रोयेस), फेर्जानी सासी (अल नासर), इलियेस स्क्रिरी (मोन्टपिलर)

फरवार्ड : एनिक बड्री (इस्पेरान्स), फाख्रेदिन बेन योसुफ (अल इत्तिफाक), साबेर खालिफा (क्लब अफ्रिकन), वाहबी खाजरी (रेनेस), नलिम स्लिटी (डिजोन), बसिम स्रार्फी (निस)







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

चिनियाँ विद्यार्थीको नेपाल चाह

चिनियाँ विद्यार्थीको नेपाल चाह

नेपाली विद्यार्थी र पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थीबीच एकआपसमा संस्कृति, रीतिरिवाज आदनप्रदान गरेका छन्। ...

‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत

‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत

आगामी भदौ १ गते रिलिज हुने दुई फिल्म ‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत एकैदिन शुक्रबार सार्वजनिक भएको छ। दुवै फिल्मका...

फरक मायामा ‘शुभ लभ’

फरक मायामा ‘शुभ लभ’

प्रेमकथाका फिल्म बन्ने क्रम चलिरहँदा यही क्रमलाई निरन्तरता दिँदै नयाँ फिल्म ‘शुभ लभ’को घोषणा गरिएको छ। ...

कलामार्फत चुरे संरक्षण सन्देश

कलामार्फत चुरे संरक्षण सन्देश

चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ। ...