६ वैशाख २०८१ बिहीबार
खेल

पहिलो हाफमा ब्राजिलको अग्रता

रसिया - फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले पाँच पल्टको विश्व विजेता ब्राजिल र स्विजरल्याण्डबीच रसियाको रोस्टोभ एरेनामा खेल भईरहेको छ।

खेलको पहिलो हाफ सकिँदा सम्म ब्राजिलले खेलमा अग्रता बनाएको छ। ब्राजिलका लागी खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले डिबक्स वाहिरबाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जाली चुमेको थियो। खेलमा ब्राजिलले दबाब कायम राख्न सफल भएपनि ब्राजिलका थुप्रै प्रहारलाई स्विजरल्याण्डका गोलकिपर यान सोमरले विफल पारेका छन्। खेलको ३१ औ मिनेटमा स्विजरल्याण्डका स्टेफन लेस्टाइनरले पहेँलो कार्ड पाए।

आजै भएकाे समुह ‘ई’ अन्तर्गतको पहिलाे खेलमा सर्बियाले कोष्टारिकालाई एक शुन्य गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेको छ।

प्रकाशित: ३ असार २०७५ १८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App