७ वैशाख २०८१ शुक्रबार
समाज

आमरण अनसन स्थगित

काठमाडौं– मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संरक्षक गोविन्द बोहराले चिकित्सा विद्येयक खारेजीको माग राख्दै ५३ औं दिनदेखिको आमरण अनशनलाई स्थगन गरेका छन्।

मोर्चाका संरक्षक बोहराले राजधानीको खुल्लामञ्चमा आइतबार पत्रकार सम्मेलन गरेर सरकारले ५३ औं दिनसम्मको आमरण अनशनको कुनै वास्ता नगरेको भन्दै आमरण अनशनलाई थाँति राखेको बताए। 

सामाजिक अभियन्ता डा. गोविन्द केसी, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सीके राउत र राजपाका नेता राजेन्द्र महतो देशको आवश्यक व्यक्ति नभएको भन्दै मोर्चाले उनीहरुबिरुद्ध कडा रुपमा प्रस्तुत हुने उनको चेतावनी समेत छ। 

बोहराले भने, ‘आन्दोलन कसैको लागि सकियो होला, हाम्रो लागि आन्दोलन सुरु हुँदैछ, राम्रो तरिकाले यो सरकार र सम्बन्धित व्यक्तिहरुले नसुन्ने रहेछन्, अब हामी सशस्त्र विद्रोहको लागि तालिमको बाटोबाट संठगनलाई परिचालित गछौं।’

प्रकाशित: ३ असार २०७५ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App