४ वैशाख २०८१ मंगलबार
खेल

ललित स्मृति फुटबल : सरस्वती र लुम्बिनी विजयी

काठमाडौं – ललितपुरमा जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको समूह ‘ए’ को खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले हराएको हो। सरस्वतीको प्रतियोगितमा यो पहिलो जित हो। सरस्वतीका लागि सुवास कार्की र मनकुमार राईले गोल गरेका थिए। 

सरस्वतीले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो। सरस्वती आर्मीसँग ४–० ले तथा न्यूरोड टिम (एनआरटी)सँग १–० गोलअन्तरले पराजित भएको थियो। मच्छिन्द्रको यो लगातार दोस्रो हार हो। मच्छिन्द्र यसअघि एनआरटीसँग पराजित भएको थियो। 

यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा लुम्बिनी फुटबल क्लबले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्यो। लुम्बिनीका लागि मोहन थापा र सुन्दर खड्काले गोल गरेका थिए। एनआरटीका लागि एकमात्र गोल रोजित पुडासैनीले गरेका थिए।  (रासस)

प्रकाशित: ३ असार २०७५ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App