अभिसाप बन्दै ‘आइसिपी’

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

आइतबार, ०३ असार २०७५, १७ : ५४ रितेश त्रिपाठी

वीरगन्ज– गत चैत महिनाको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले दिल्लीबाट संयुक्त रूपमा ‘स्वीच’थिचेर अनलाइन उद्घाटन गरेका वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात ब्यापारमा फापेन। नेपालको भारतसंगको ब्यापार र भारत भएर हुने तेस्रो मुलुकसंगको ब्यपार व्यवस्थित र सहज हुने भन्दै महत्वपूर्ण मानिएको ‘आइसिपी’बाट ब्यापार सुस्त र मँहगो हुन गएको आयातकर्ताले बताएका छन्। 

‘आइसिपी’को रुपमा भन्सार र ब्यापारमा सहजिकरण गर्ने निकायहरु नेपाल र भारत सीमामा दुबैतर्फ एकसाथ छाया संरचनाको प्राङ्गणहरु स्थापना भएको हो। ब्यापार आधुनिकीकरणको आपेक्षा गरिएपनि आइसिपी संचालनमा आएपछि आयातकर्ताको अनुभव भने फरक भएको छ। भारतीय सशस्त्र सुरक्षा बल र बिहार पुलसको प्रस्तुति ‘आइसिपी’मा अनापेक्षित किसिमको छ। उनीहरुले त्यहाँ भएर हुने नेपालको ब्यापारमाथि अघोषित नियन्त्रण बनाएका छन्। यसमा भारतीय कस्टम (भन्सार)ले सुरक्षाकर्मीलाई सघाएपछि नेपाली आयातकर्ता ब्यापारीको मनमा चिसो पसेको छ। नेपाली ब्यापार नाकामा हस्तक्षेपलाई भारतीय पक्षले फरक शैलीमा निरन्तरता दिएको स्थानीयको बुझाई छ।

वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले ‘आइसिपी’को सञ्चालनपछि समस्या बढेको बताए। त्यहाँ भारततिरबाट ‘आइसिपी’मा पस्ने बेला प्रवेश गराउने काम सुस्त भएकोले २५ किलोमिटरसम्म मालबाहक सवारीका साधनहरूको जाम लाग्ने गरेको शर्माले बताए। अध्यक्ष शर्माले आइसिपीको सुरक्षाको नाममा तैनाथ भारतीय सुरक्षाकर्मीहरूको ब्यवहार मैत्रीपूर्ण नभएको गुनासो गरे। दुई देशबीच आवागमन सहज हुने आपेक्षा गरी बनाइएको आइसिपीमा प्रवेश गर्नु सैनिक छावनीमा प्रवेश गर्नु सरह भएको छ। त्यहाँबाट यात्रुबाहक सवारी साधन आवागमनको रुपमा एउटा साइकलबाट एक जना पैदल यात्रु पनि पस्न पाएको रेकर्ड छैन्। 

भन्सार क्लियरिङ्ग एजेन्ट र भारतबाट मालवाहक सवारी लिएर आउने चालकहरूभित्र पस्न डराउने गरेका छन्। ‘उनीहरुको ब्यवहारले गर्दा र त्यहाँको ब्यवस्थापनको तरिकाले गर्दा एक जना पनि चालक त्यहाँ आउन सहर्ष मानेको छैन्,’ ढुवानी ब्यवसायी राजेन्द्र गुप्ताले भने, ‘आइसिपी खुल्दा दुःखको दिन गयो हामीले खुसियाली मनाएका थियौं, पछि त ब्यापारको लागि अभिसाप जस्तै भएको छ, आइसिपी।’

कुटपिट र असुली

भारतीय सुरक्षाकर्मीद्वारा नेपाल आउने मालबाहक सवारीबाट अबैध असुलीको घट्ना बढ्दो छ। पैसा नदिनेले हप्ता बढी लाइनमा बसेर आइसिपी प्रवेश पाउने र कुटिनुपर्ने, भारतीय रुपैया पाँच सयदेखि हजार रुपैयाँसम्म बुझाएपछि लाइन मिचेर सुरक्षाकर्मीले आइसिपी प्रवेश गराइदिने चलन भएको छ। ‘जानी जानी जाम बनाइएको छ असुलीको लागि। बरु पहिले पुरानो नाका ठिक थियो अहिले बिजोग छ,’ भागलपुरबाट समान लिएर आएका भारतीय ट्रक चालकले भने, ‘अब म यहाँ आउँदैन्।’ यसअघि जेठ १९ मा पेट्रोलियम इन्धन बोकेका ट्यांकरका चालकहरु उपर भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले दुर्ब्यवहार र कुटपिट गरेपछि उत्पन्न तनाव जेठ २१ मा सर्वपक्षीय बैठक राखेर मिलाइएको थियो। 

भारत बिहारको बरौनीस्थित ‘इण्डियन आयल कर्पोरेशन’ (आइओसी)को डिपोबाट डिजेल बोकी बाराको अमलेखगन्जको लागि हिडेका ट्यांकरका चालकसंग भारतीय आइसिपी भन्सार नजिक भएको कुटपिटको घट्नापछि चालक तथा ढुवानी ब्यवसायीहरुले हड्ताल घोषणा गरेका थिए। नेपालतिरबाट भन्सार, आयल निगम, इन्टर मोडेल यातायात विकास समिति, ढुवानी ब्यवसायिका प्रतिनिधिले र भारततिरबाट त्यहाँको भन्सार, आइसिपी संचालक, एसएसबी लगायतको बैठकपछि समस्या साम्य हुने आशा गरिएको थियो। यातायात ब्यवसायी तथा चालकहरुका अनुसार न दुर्ब्यवहार रोकिएको छ न अबैध असुली।

वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष शर्माले नेपाली व्यवसायीहरूले आइसिपीको सञ्चालनपछि राहत पाउनुको साटो उल्टो समस्यामा पर्न थालेको बताए। ‘आइसिपी संचालनताका जति उत्साही व्यवसायीहरू भएका थिए, त्यत्तिकै अहिले निराश भएका छन्,’ शर्माले भने, ‘ब्यापार सहजिकरण गर्ने ठाउँमा त्यहाँ जटिल बनाइएको छ, अनावश्यक पैसा असुल गरिएको छ।’

भन्सारको भुमिका

भारतीय कष्टम (भन्सार) भने आइसिपी संचालनलाई नरुचाएको मुख्य पक्ष देखिएको छ। मुख्य नाकाबाट कारोबार हुँदा भने भारतीय कष्टमकै मिलोमतोमा तस्करी हुने गरेको पुष्टि यसअघि भएको छ। वीरगन्ज भन्सारबाट छाला भनेर ट्रकमै मरिच निकासीको घट्नागत साता प्रकाशमा आयो। उक्त गाडी भारतीय भन्सार भएर मात्र जान सक्ने भएकोले मरिच तस्करीको संजालमा भारतीय भन्सारको संलग्ता खुलेको थियो। यसमा नेपाली भन्सार पनि शंकाको घेरामा छ। भारतीय बजारमा बिदेशबाट मरिच आयात प्रतिबन्धित छ। नेपालमा मारिच आयात गरी भारत निकासीको धन्दा पछिल्लो समयमा नाकामा चलेको प्रमुख अबैध कारोबार हो।

यस्ता कारोबारमा आइसिपी भएर असहज हुने भएपछि बिभिन्न खाले बस्तुका तस्कर गिरोहलाई फाइदा पुग्नेगरी भारतीय भन्सारले आइसिपीतिर कारोबार लैजान आलटाल गर्दै आएको थियो। नेपाली भन्सारले पनि तत्परता देखाएको थिएन्। दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको डेढ महिनासम्म ‘आइसिपी’ भएर बरौनीबाट आउने इन्धन मात्र र फाट्टफुट्ट अरु सामान भित्रिन पाउँदा १० प्रतिशत कारोबार मात्र त्यहाँबाट हुन पाएको थियो। रक्सोलका स्थानीयले १० दिनसम्म कडा आन्दोलन चर्काएपछि आइसिपीतिर कारोबार सारियो। त्यसपछि त्यहाँ असहज बाताबरण सिर्जना गर्ने प्रयास भइरहेको रक्सोलका नागरिक अगुवा महेशकुमार अग्रवालले बताए। उनले आइसिपी सार्ने आन्दोलनको नेतृत्व समेत गरेका थिए। 

‘आइसिपी’मा दुरावस्था सिर्जना गर्न भारतीय भन्सार जिम्मेवार देखिएको आयातकर्ता बताउँछन्। त्यहाँ पस्ने मुहानमै कामलाई सुस्त पारिएको छ। थोरै कर्मचारीले एउटा कम्प्युटर राखेर सम्पूर्ण काम गर्दा निकै समय लाग्ने भएपछि त्यहाँ जाम लाग्ने अवस्था बनेको हो। उद्योगी अशोक कुमार वैधले ‘आइसिपी’को व्यवस्थापकीय कमजोरीका कारण व्यवसायीहरूले अनावश्यक विलम्ब शुल्क तिर्नुपरिरहेको बताए। ‘यो खोजीको बिषय हो, यस्तो अवस्था किन आयो,’ बैधले भने, ‘नेपाल सरकारले यसमा चाँसो लिनु पर्यो र भारतका सम्बन्धीत उच्च तहमा यस बिषयमा कुरा गर्नु पर्यो।’ भारतको छवि बिगार्ने किसिमको काम नाकामा भारतीय पक्षबाट भइरहेको उनको भनाई छ। 





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad