४ वैशाख २०८१ मंगलबार
राजनीति

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्। 

अहिले सरकारले न्यायालयलाई पनि जकडेर राखेको आरोप लगाउँदै नेता खड्काले भने– ‘यो सरकार तानाशाह जन्माउन उन्मुख छ, हाम्रो पार्टी कार्यालयमा प्रहरी लगाई तोडफोड गरेको छ, व्यवसायीहरुमाथि द्धेष पालेको छ।’ 

सरकारको यही र यस्तै रवैया रही रह्यो भने कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ। ‘हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं’, आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने।
प्रधानमन्त्रीको चीन भ्रमण सफल होस

नेता खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको औल्याएँ। ‘हामीसँग अहिले कसैसँग बढी र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ’, उनले भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सहयोग लिने वाचा गरेको स्मरण गराउँदै नेता खड्काले उक्त सहयोग लिन सक्नुहोस् भनी शुभकामना दिए। ‘प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा र जनताको हितमा होस्, हाम्रो शुभकामना छ’, उनले भने।

प्रकाशित: ३ असार २०७५ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App