८ वैशाख २०८१ शनिबार
समाज

मोदीको भ्रमणपछि मुक्तिनाथमा योग

पोखरा– मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथमा योग शिविर चलिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि प्रचारमा आएको मुक्तिनाथमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा नियमित योग भइरहेको हो। 

मोदीको मुस्ताङ भ्रमणपछि भारतीय पर्यटकहरू मुक्तिनाथमा आउने क्रम बढेका बेला आयोजित योगमा स्थानीय, आन्तरिक पर्यटक तथा विदेशी पर्यटकको पनि उपस्थिती रहेको छ। 

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) नजिकिँदै गर्दा योग शिविरहरु भइरहेका छन्। धार्मिक पर्यटनको सम्भावना बोकेको मुक्तिनाथमा अब नियमित योग हुने मन्दिर समितिले जनाएको छ। 

महिना दिनअघि दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गरेका थिए। त्यसयता यहाँको धार्मिक पर्यटनले गति लिन थालेको स्थानीयहरु बताउँछन्।

प्रकाशित: ३ असार २०७५ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App