८ वैशाख २०८१ शनिबार
अर्थ

यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

तस्बिर : उमेश पुन

पोखरा- पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

विमानस्थलका सूचना अधिकृत काशिराम पौडेलका अनुसार दिउँसो २:४५ मा जहाज अवतरण गरेको थियो। काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो। उनका अनुसार जहाजको पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ।

‘प्राविधिकले ‘हाइड्रोलिक फेलर’ भनेका छन्,’ प्राविधिको भनाई उद्घृत गर्दै पौडेलले भने, ‘यस विषयमा थप अनुसन्धान हुनेछ ।’ जहाजका यात्रु अहिले गाडीमा हालेर अहिले बाहिर ल्याउने काम भईरहेको छ । दमकल सहित सुरक्षाकर्मीको टिम अहिले जहाज भएको ठाउँमा पुगिसकेका छन् । जहाज चिप्लिएपनि विमानस्थल भने सूचारु छ।

प्रकाशित: ३ असार २०७५ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App