६ वैशाख २०८१ बिहीबार
समाज

महिलाको नेतृत्वमा ज्यादा भ्रष्टाचार हुँदैनः अध्ययन

प्रतिनिधिमूलक स्केच

सार्वजनिक निकायमा महिलाको फराकिलो प्रतिनिधित्व भएका मुलुकहरुमा थोरै मात्र भ्रष्टाचार भएको अध्ययनले देखाएको छ।

इकोनोमिक विहेवियर एण्ड अर्गनाइजेशन पत्रिकामा प्रकाशित ले मोन्डे कलेजका चन्दन झा र भर्जिनिया टेकका सुदिप्ता सारङ्गीले गरेको अध्ययन अनुसार १ सय २५ मुलुक मध्ये धेरै महिला सांसद भएका मुलुकहरुमा भ्रष्टाचारको मात्रा न्यून छ । यो अध्ययनको निष्कर्ष छः ‘स्थानीय राजनीतिमा महिलाको सहभागिता अझै महत्वपूर्ण देखिएको छ । राजनीतिमा महिलाको फराकिलो सहभागिता भएका कतिपय युरोपेली मुलुकमा घुस खाने वानी न्यून रहेको छ।’

‘महिला जन्मजातै कम भ्रष्ट हुन्छन् भन्न चाहीँं खोजिएको हैन’ अध्येता द्वयको निष्कर्ष छ,‘यदि वास्तवमै महिला न्यून भ्रष्ट हुने भइदिए महिला सहभागिता र भ्रष्टाचारका विषयमा परस्पर नकारात्मक सम्बन्ध देखिदैनथ्यो।’

‘यो अध्ययनले महिला सशक्तीकरणको महत्व, नेतृत्वदायी भूमिकामा उनीहरुको उपस्थिति र सरकारमा उनीहरुको प्रतिनिधित्वको विषयमा जोड दिएको छ, भर्जिनिया टेकका अर्थशास्त्रका प्राध्यापक एवं विभागीय प्रमुख सारङ्गी भन्छिन्, ‘यो त्यसैले पनि महत्वपूर्ण छ कि अमेरिका लगायतका मुलुकहरुमा राजनीतिमा महिलाको न्यून सहभागिता छ र त्यस्ता मुलुकहरु सहभागिता बढाउने दवावमा छन्।’     

अमेरिकाको माथिल्लो सिनेटमा एक चौथाई भन्दा थोरै सदस्य महिला छन्। तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा महिलाको सहभागिता १९ प्रतिशत मात्रै छ । यो उल्लेख गर्नु वाञ्छनीय छ कि अमेरिकामा अहिलेसम्म महिला राष्ट्रप्रमुख वा राष्ट्रपति भएका छैनन् ।

अध्येता द्वयले अनुमान गरेका छन् कि महिला विधायकहरुले भ्रष्टाचार नियन्त्रणमा गर्न सक्छन् किनभने उनीहरु पुरुषको तुलनामा भिन्न नीति अंगिकार गर्छन् । यसअघि गरिएका अनुसन्धानले महिला विधायकहरुको रुची वालबालिका, महिला र परिवारको कल्याणसँग सम्बन्धित विषयका नीतिहरुसँग रहने देखाएको थियो ।
आर्थिक, सांस्कृतिक र संस्थागत तत्व लगायतका चरहरुका कारण महिलाको सहभागिता नियन्त्रित भएको कुरा अध्ययनले औंल्याएको छ । इन्स्ट्रुमेन्टल भेरिएवल एनालाइसिस विधि प्रयोग गरिएको यो अध्ययनले जुन व्यक्ति वा पक्षले भ्रष्टाचार गर्न सक्यो उसको नै राजनीतिमा सहभागिता रहने देखाएको छ । महिलाको राजनीतिमा सहभागिता न्यून हुनुको कारण मध्ये उनीहरु कमै मात्र भ्रष्टाचारमा संलग्न छन् भन्ने पनि हो ।

अनुसन्धानकर्ताले भ्रष्टाचारमा लैंगिक सम्बन्धका बारेमा पनि विश्लेषण गरेका छन् । यसअघिका अनुसन्धानमा शासकीय सत्तामा महिलाको सहभागिता र भ्रष्टाचार बीच सम्बन्ध हुन्छ वा हुँदैन भनेर बोलको थिएनन्।

‘महिला जन्मजातै कम भ्रष्ट हुन्छन् भन्न चाहीँं खोजिएको हैन’ अध्येता द्वयको निष्कर्ष छ,‘यदि वास्तवमै महिला न्यून भ्रष्ट हुने भइदिए महिला सहभागिता र भ्रष्टाचारका विषयमा परस्पर नकारात्मक सम्बन्ध देखिदैनथ्यो।’ यो अध्ययनको नीति विश्लेषण के हो भने लैङ्गिक समानता अभिबृद्धि गरि विशेषतः राजनीतिमा महिलाको फराकिलो उपस्थिति गराउने यो अध्ययनको मूल ध्येय हो।        
 

प्रकाशित: ३ असार २०७५ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App