४ वैशाख २०८१ मंगलबार
समाज

गामायाको जीवनरक्षाका लागि धर्ना

काठमाडौं – गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो अभियानले आज अनसनरत गंगामायाको जीवनरक्षा गर्नुपर्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै धर्ना दिएको हो।

द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले न्यायका लागि अनसनरत गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन धर्ना बसेको जानकारी दिए।

धर्नामा मानव अधिकारकर्मीहरु, चरण प्रसार्इं, कनकमणि दीक्षित, प्राध्यापक संघका अध्यक्ष रामेश्वर अधिकारीलगायत मानव अधिकारकर्मीको उपस्थिति थियो।

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो। उनको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। रासस

प्रकाशित: ३ असार २०७५ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App