coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलार्इ चिनियाँ सञ्चारमाध्यमकाे व्यंग्य

बेइजिङ – ५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाप्रति चिनियाँ सञ्चारमाध्यमले व्यंग्य गरेका छन्।

‘बुद्धिमान मानिसले पुल बनाउँछ तर मूर्खले पर्खाल लगाउँछ,’ भन्दै चिनियाँ सञ्चारमाध्यमले ट्रम्पप्रति खनिएको बिबिसीले उल्लेख गरेको छ।

बौद्धिक कपिराइट चोरीको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार ५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिको घोषणालाई बदला लिने भन्दै चीनले पनि ५० विलियन डलरबराबरकै छ सय ५९ वटा सामानमा थप २५ प्रतिशत ट्यारिफ लगाउने बताएको बिबिसीले जनाएको छ।

चिनियाँ सामानमा ट्यारिफ लगाउने शुक्रबारको अमेरिकी कदमविरुद्ध चीनको राज्य सञ्चालित सञ्चारमाध्यमले सम्मिलित आक्रमण गरेको बिबिसीले जनाएको छ । ‘चीन र अमेरिकाबीचको विवादको उचित प्रतिक्रिया विस्तार र खुला गर्ने बाटो पछ्याउनु हो र हामीमाथि विश्वको जिम्मेवारी पनि छ,’ राज्य सञ्चालित सिन्ह्वा समाचार एजेन्सीको सम्पादकीयले जनाएको छ । ‘विद्धान मानिसले पुल बनाउँछ, मूर्खले पर्खाल,’ सिन्ह्वाको सम्पादकीय उद्धृत गर्दै बिबिसीले जनाएको छ। सम्पादकीयमाथि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘चीनको ग्रेट वाल’लाई उल्लेख गर्दै प्रतिक्रिया जनाएका छन्।

विश्व अर्थतन्त्रको विरोधी भूमिकामा अमेरिका रहेको भन्दै ट्रम्पको कदम सनक भएको चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका ‘द पिपल्स डेली’लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आफूलाई मतदान गरेका मतदातालाई उनीहरुविरुद्ध आफू लडिरहेको अपिल गर्नका लागि ट्रम्पले विश्व व्यवस्थामा समस्या ल्याइरहेको ‘द ग्लोबल टाइम्स’ले बताएको छ । यसैबीच चीनबाट प्रकाशित हुने अंग्रेजी भाषाको ‘चाइना डेली’ले भने दुई देशबीचको समस्या अझै पनि समाधान हुने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ।

‘अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको पछिल्लो कदमका कारण अहिले नै व्यापार युद्ध सुरु हुन्छ भन्नु हतार हुन्छ,’ चाइना डेलीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी घोषणाप्रति जबाफ दिँदै कृषि उत्पादन, कार र सामुद्रिक उत्पादनसहित करिब ३४ विलियन डलरबराबरको अमेरिकी सामानमा जुलाई ६ बाट लागू हुने गरी चीनले पनि ट्यारिफ लगाउने घोषणा गरेसँगै चिनियाँ सञ्चारमाध्यमको यस्तो प्रतिक्रिया बाहिरिएको बिबिसीले जनाएको छ। थप अमेरिकी सामानमाथिको ट्यारिफ पछि घोषणा हुने राज्य सञ्चालित सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपतिको शुक्रबारको घोषणसँगै व्यापार युद्धको त्रासका कारण शनिबार विश्व सेयर बजारमा भारी गिरावट आएको बिबिसीले उल्लेख गरेको छ।

आफूले ट्यारिफ लगाउने घोषणालाई चीनले बदला लिए वा आफ्ना सामानमा ट्यारिफ लगाए थप चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकाले यअअघि चेतावनी दिएको थियो।

अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तिको थप अनुचित स्थानान्तरण रोक्न र अमेरिकी रोजगारीको संरक्षण गर्नका लागि चिनियाँ सामानमा ट्यारिफ लगाउनु आवश्यक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार बताएका थिए।

ट्रम्पको घोषणाका कारण अमेरिकामा निर्यात भइरहेको हवाइ जहाजको टायरदेखि टर्बाइन र व्यवसायिक डिसवाटरसम्मका चिनियाँ सामान प्रभावित भएको बिबिसीले उल्लेख गरेको छ। वार्षिक ३४ विलियन डलरबराबरको आठ सय चिनियाँ सामानमा जुलाई ६ बाट ट्यारिफ कार्यान्वयनमा आउने अमेरिकाले बताएको छ । बाँकी १६ विलियन डलर बराबरको चिनियाँ सामानबारे भने छलफलपछि केही समयभित्र निर्णय गरिने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।

चिनियाँ कम्पनीलाई बौद्धिक सम्पत्तिको स्थानान्तरणको अभ्यास नगर्न अमेरिकाले चीनलाई पटकपटक चेतावनी दिँदै आएको छ। त्यसैगरी चिनियाँ बजारमा पहुँच पु¥याउनका लागि विदेशी कम्पनीले स्थानीय कम्पनीसँग साझेदारी गर्नुपर्ने चिनियाँ व्यवस्थालाई पनि परिवर्तन गर्न वासिङ्टनले दबाब दिँदै आइरहेको छ।

प्रकाशित: ३ असार २०७५ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App