७ वैशाख २०८१ शुक्रबार
समाज

टोल टोलमा प्रहरी कार्यक्रम सुरु

काठमाडौं - काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल टोलमा प्रहरी’ अभियान सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा शनिबारदेखि टोलटोलमा प्रहरी कार्यक्रमको सुरु गरिएको हो । सर्वेन्द्र खनाल प्रहरी महानीरिक्षककमा नियुक्त भएपछि उनले यो कार्यक्रम अघि सारेका हुन्।

सो कार्यक्रमको सुरुवातमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुन कार्यान्वयनको सिलसिलामा प्रहरी कठोर भएर लाग्ने बताए। कानुन कार्यान्वयनको जिम्मा नेपाल प्रहरीको भएको बताउँदै गलत गतिविधि गर्ने र सामाजिक सद्भाव खलबल्याउने प्रवृत्तिका विरुद्धमा प्रहरीले कारबाही गर्ने दाबी गरे। ‘नेपाल प्रहरीलाई नमुना प्रहरी संगठन बनाउनु पर्छ गलत प्रवृत्तिका विरुद्ध कठोर हुनुपर्छ कुनै पनि बहनामा प्रहरीले सम्झौता गर्नु हुँदैन कानुन कार्यान्वयनमा दृढ भएर लाग्नुपर्छ,’ प्रहरी महानीरिक्षक खनालले भने। टोल–टोलमा खटिने प्रहरीले अपराध र अपराधीसँग कुनै सम्झौता नगरी नागरिक समाजप्रति प्रहरीको विश्वास बढाउँदै लगिनेसमेत प्रहरी महानिरीक्षक खनालले बताए । टोलटोलमा प्रहरी लैजानुपर्ने मान्यताअनुसार गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार २०६४ असोज ६ गतेको निर्णयअनुसार प्रहरीले कार्यक्रम सुरू गरेको हो । यो कार्यक्रम देशभर लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले प्रहरीले आफ्नो सीमित स्रोत र साधनबीच ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्न टोल टोलमा प्रहरी कार्यक्रम ल्याएको बताए। सो अभियान सफल बनाउन प्रहरीले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिक समाजसँग मिलेर काम गर्नुपर्ने सुवेदीको भनाई थियो। कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) गोविन्द थापाले टोलटोलमा भन्दा पनि जनताको मनमनमा प्रहरी संगठनलाई लैजान सुझाव दिएका थिए । यसअघि प्रहरी प्रहरी प्रधान कार्यालयले ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ कार्यक्रम अघि सारेको थियो।

प्रकाशित: ३ असार २०७५ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App