रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

शनिबार, ०२ असार २०७५, २२ : २१ नागरिक

68


काठमाडौं– हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।  

प्रकाशक हिमालयन म्याप हाउसले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ दिपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्य र पुस्तक लेखिका रामदेवी महर्जनले संयुक्त रुपमा विमोचन गरेका हुन्।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमका वक्ताहरुले महर्जनको पुस्तक हाइकिङ पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे। पुस्तकले हाइकिङ गन्तव्यको चिनारी दिनुका साथै हाइकिङ गर्न समेत सिकाउँछ।   

पुस्तककी लेखक महर्जन प्रकृतिप्रेमी समूहकी सदस्य हुन्। समूहले हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वस्थ्यबर्धक हाइकिङ गराउँदै आएको छ। ‘हाइकिङ काठमाडौं पुस्तकले हाइकिङ गर्न मात्रै होइन, स्वस्थ रहन पनि सिकाउँछ’, समूहका संस्थापक डा. श्रेष्ठले भने। 

कार्यक्रममा समूहका अध्यक्ष चित्रकार, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र पत्रकार अमृत भादगाउँलेले ‘हाइकिङ काठमाडौं’ हाइकर्सको हाते किताब हुने विश्वास व्यक्त गरे। प्रकाशकले छिट्टै हाइकिङ काठमाडौंको अंग्रेजी संस्करण प्रकाशन गर्ने जनाएको छ।    







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...