coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

रूस – स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा २१ औं संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको छ। मस्कोको स्पार्टक रंगशालामा शनिबार सम्पन्न खेलमा आइसल्याण्डले अर्जेन्टिनालाई एक –एक को बराबरीमा रोकेको हो। 

पहिलो हाफको १९ औं मिनेटमा सर्जियो अग्युइराले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएपनि त्यसको ४ मिनेटपछि आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको खेल एक–एकको बराबरीमा सकिएपनि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा दुवै टोली बराबरीमा चित्त बुझाउँदै अंक बाडन बाध्य भए।

खेलको ६३ औ मिनेटमा आइसल्याण्डका होर्डर म्याग्नसनले अर्जेन्टिनका मिलानोलाई डि बक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर त्यो पेनाल्टी प्रहार गर्न आएका लियोनल मेस्सी गोल गर्नबाट चुकेका थिए। मेस्सीले प्रहार गरेको पेनाल्टी आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए।

पहिलो चोटी विश्वकपमा सहभागिता जनाएको नवप्रवेशी टोली आइसल्याण्डले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। खेलमा अर्जेन्टिनाले ७८ प्रतिशत बल नियन्त्रणमा राखेपनि गोल भने थप्न सकेन। अर्जेन्टिनाले प्रहार गरेका थुप्रै प्रहार गोल किपरले बचावट गराएका थिए।

 

प्रकाशित: २ असार २०७५ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App