१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलबस्तुमा इदुल फित्र मनाइयो

पर्साको जगरनाथपुर गाँउपालिकाको इदगाहमा शनिबार ईद उल फित्र(ईद)को नमाज पढ्दै मुस्लिम धर्मावलम्बी। तस्बिर : बिजय कुमार महतो/रासस

कपिलबस्तु- विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाएका छन्। 

'विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्' भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो। 

सो अवसरमा मुस्लिम समुदायका अगुवाले इदको बिदा कटौती गरेर सरकार हाम्रो अधिकारप्रति उदासीन रहेको देखिन्छ भन्दै यो पर्वका अवसरमा दिदैं आएको बिदा कटौती गरिएकोप्रति असन्तृष्टि व्यक्त गरेका थिए। 

नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ। इदुल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नामाज पढेर यो पर्व मनाइएको मौलाना मक्सुद खानले बताए। 

मुस्लिम समुदायका महिला र पुरुष मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट पनि गरेका छन्। 

एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाउँदै आएका छन्। शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा आज इद उल फित्र मनाएका छन्। 

यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन्। 

प्रकाशित: २ असार २०७५ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App