८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेकपाले जनाएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्ने छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बैठकमा सरकारको अहिलेसम्मको प्रगति बारे समिक्षा हुने बताए। ‘महासचिव विष्णु पौडेलले संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्ने कार्यक्रम रहेको छ’, उनले भने। रिमालले बैठकबाट केन्द्रीय सदस्यहरुको कार्य विभाजन गरिने पनि बताए।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित: २ असार २०७५ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App