१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

 वासिंटन - चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

 यो निर्णय आगामी  जुलाई ६ देखि लागू हुने अमेरिकाले बताएकाे छ।राष्ट्रपति ट्रम्पले यसले चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्ने बताएका छन्। यसले अमेरिकी रोजगारको रक्षा गर्ने ट्रम्पको दाबी छ ।

उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताएका छन्।

 

प्रकाशित: २ असार २०७५ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App