खेल सुरक्षा

किन घाइते हुन्छन्, खेलाडी?

शनिबार, ०२ असार २०७५, ०८ : ५५ डा. विक्रम न्याैपाने

186


च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडका सर्जियो रामोससँग जुध्दा घाइते भएका इजिप्टका मोहम्मद सालाह शुक्रबार उरुग्वेविरुद्ध भएको विश्वकपको पहिलो खेलमा इजिप्टको पहिलो रोजाइमा थिएनन्। चार वर्षअघि कोलम्बियाविरुद्धको क्वार्टर फाइनलमा नेइमार घाइते हुँदा जर्मनीले सेमिफाइनलमा ७–१ को नतिजासाथ ब्राजिलको हुर्मत लियो। रुसमा विश्वकप सुरु भएको आज तेस्रो दिन हो। यसबीचमा सालाहसँगै जर्मनीका गोलकिपर म्यानुअल नुयुर र मिडफिल्डर मेसुट ओजिल, बेल्जियमका कप्तान इडेन हाजार्डहरूको फिटनेस विश्वभरका समर्थकको चासोको विषय बनेको छ। यी स्टारहरू विश्वकपका सबै खेलमा खेल्न सक्लान् कि नसक्लान् भन्नेमा उनीहरूको टिमको नतिजा निर्भर हुन सक्छ। त्यसैले समर्थकहरू आ–आफ्ना मन पर्ने खेलाडी समयमै पूरा फिट भएर मैदान उत्रिएको हेर्न चाहन्छन्।

विश्वकपको माहोलमा ठूला अन्तर्राष्ट्रिय खेलाडीको चोट सर्वत्र चासोको विषय बन्नु स्वभाविक हो। एउटा खेलाडी घाइते हुँदा पनि पूरा टिम त्यसबाट प्रभावित भइरहेको हुन्छ। टिम प्रभावित हुँदा हजारौं, लाखौं समर्थकको भावनामा असर परिरहेको हुन्छ। खासमा फुटबल एउटा यस्तो खेल हो, जहाँ शारिरिक फिटनेसको महत्व सबैभन्दा बढी हुने गर्छ। त्यसैले त लिभरपुलका प्रशिक्षक योर्गान क्लोप एथलेटिक्स इन फुटबलको चर्चा गर्ने गर्छन्। उनको आशय पूर्ण रूपमा फिट नभएको खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन भन्ने नै हो।

खेल र खेलाडीसँग जोडिने महत्वपूर्ण पक्ष फिटनेस सम्बन्धि समस्या खासमा कसरी हुन्छन्? त्यसबाट बच्न सकिने उपायहरू के हुन्? समस्या भइसकेपछि चाडोभन्दा चाडो कसरी निको भएर पुनरागमन जनाउने भन्ने कुरा खेलकुदमा महत्वपूर्ण छ। नेपाली खेलकुदमा पनि।

कुनै पनि खेलाडीले खेल अघि सामान्य वार्मअप मात्र गरे पनि धेरै खाले चोटका समस्या टाढै राख्न सकिन्छ। खेल पूर्व ओभर वर्कआउट गर्नु पनि हुँदैन। शरीरले थेग्नेभन्दा धेरै ट्रेनिङ गरेको बेला खेलाडी घाइते हुने सम्भावना अत्यन्त रहन्छ। त्यसैले खेलभन्दा अगाडि प्रशिक्षक र फिजियोथेरापिस्टको प्रत्यक्ष निर्देशनमा आवश्यक वार्मअप र स्ट्रेचिङ गर्नुपर्छ। असन्तुलित आहार स्वास्थ्य समस्याको अर्को कारण हो। त्यसैले आफ्नो शरीर र खेलको प्रकृतिअनुसारको सन्तुलित आहार लिने गर्नुपर्छ। गर्मीयाममा चाडै थाक्ने समस्या हुन्छ। कहिलेकाहीँ मौसम पनि चोटको कारण बन्न सक्छ।

नेपालजस्तो देशमा धेरै खेलाडी आरामविना लगातार कठिन खेलहरू खेलिरहने, लामो यात्राबाट थकित भएर मैदान पुग्नेवित्तिकै खेल्ने, असन्तुलित आहार र मैदानको खराव अवस्थालगायत कारणले बढी घाइते भएको पाइन्छ। त्यस्तो अवस्थामा खेलाडी आफैले सचेत भएर खानपिन र जीवनशैली अनुसासित बनाउनुपर्छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि एउटा खेल खेलेपछि अर्को खेल खेल्नुअघि कम्तिमा ४८ घन्टा आराम गर्नुपर्ने मान्यता राखेको छ। खेल र अभ्यासमा शरीरका मांसपेशीहरू थाकेका हुन्छन् । तिनलाई पुरानै अवस्थामा फर्काउन निश्चित आरामको आवश्यकता पर्छ।

सबैखाले सावधानी अपनाउँदा पनि फुटबलजस्तो फिजिकल एप्रोच हुने खेलमा कहिलेकाहीँ खेलाडी घाइते हुने गर्छन्। तर, घाइते हुनु भनेको खेल जीवनको समाप्ती होइन। चोटपछि पनि सही उपचारबाट गम्भीर चोटलाई जित्दै खेलाडीहरू पुरानै अवस्थामा मैदान फर्किएका थुप्रै उदाहरण हुन्। चार वर्षअघि नराम्ररी घाइते भएका नेइमार केही महिनामै मैदान फर्किए। सालाह, नुयुर, ओजिल र हाजार्डहरू पनि मैदान फर्किँदैछन्। कारण, उनीहरूले चोटपछिको उपचारमा कुनै सम्झौता गरेनन्।

वास्तवमा खेलाडी घाइते भएपछि उसलाई पुरानो अवस्थामा फर्काउन फिजियोथेरापिस्टको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गर्। चिकित्सकको सल्लाहअनुसार फिजियोको निगरानीमा गरिने उपचारले खेलाडीलाई चाडोभन्दा चाडो मैदान फर्काउन सहयोग पुग्छ।

(लेखक राष्ट्रिय खेलकुद परिषद्का स्पोट्र्स फिजियो थेरापिस्ट हुन्।)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...