७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

बुटवल – प्रदेश नं ५ को सरकारले २८ अर्वको बजेट ल्याएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले २८ अर्व ९ करोड ३ लाखको पूर्ण बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको यो पहिलो पूर्ण बजेट हो। यस अघि गत चैतमा आवधिक बजेट ल्याएको थियो। 

बजेटमा चालू खर्च तर्फ ११ अर्ब ४६ करोड, ५९ लाख २ हजार छुट्याइएको छ। जुन कुल बजेटको ४०.८० प्रतिशत हो।  पूंजीगत तर्फ १६ अर्व ६२ करोड,४३ लाख ९८ हजार विनियोजन गरिएको छ। जुन कुल बजेटको ५९.२० प्रतिशत हो। 

प्रदेशले आन्तरिक राजश्वबाट २ अर्व ४० करोड उठाउने लक्ष्य लिएको छ। त्यस्तै चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानीत रकम ६० करोड थप हुने उल्लेख छ। यसबाहेक केन्द्र सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान ६ अर्व ८६ करोड ९७ लाख, राजश्व बाँडफाँड ८ अर्व ५५ करोड ३ लाख, सशर्त अनुदानको ९ अर्व ६७ करोड ३ लाख सहित प्रदेश सरकारले २८ अर्व ९ करोड ३ लाखको बजेट प्रस्तुत गरेको हो।

सरकारले खुसी जनता समृद्ध प्रदेशको नारालाइ पछ्याउँदै ५ वर्षमै गरिबीको दर २६ प्रतिशतबाट १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। त्यसकालागि कृषि, उद्योग, पर्यटन क्षेत्रलाइ उत्पादनशील बनाउँदै रोजगारी सृजना गर्ने लक्ष्य लिएको मुख्य मन्त्री पोखरेलले बताए। ‘प्रदेशको उर्वर भुमी र उर्जाशिल जनशक्तिकै माध्यमबाट हरेक चुनौतीलाइ चिर्दै समृद्धि हासील गर्न सकिन्छ भन्ने विश्वास लिएको छ’’ मुख्य मन्त्री पोखरेलले भने।

उच्च दरको आर्थिक वृद्धि हासील गर्दै जनताको जिवनस्तरमा देख्न र नाप्न सक्नेगरी सुधार ल्याउन मानविय पूंजी र उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकासमा जोड दिइएको मुख्य मन्त्री पोखरेले बताए। नीजि र सहकारी क्षेत्रको सहकार्यमा रोजगारी सृजना गर्ने भनिएको छ। सडक, खानेपानी र सिचाइ, सहितको पूर्वाधार विकासलाइ बजेटले प्राथमिकतामा राखेको छ। कृषि र पर्यटनलाइ समृद्धिको आधार भनिएको छ।

प्रकाशित: १ असार २०७५ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App