५ वैशाख २०८१ बुधबार
राजनीति

सरकार थोत्रो साइकल जस्तो : नयाँ शक्ति

काठमाडौं- नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताएका छन्।

शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भने, ‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ।’ उनले थपे, 'थोत्रो साइकलको समृद्धि र सुशासनको दुवै पाङ्ग्रा पञ्चट भएजस्तो छ।’

उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसको व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताए। प्रवक्ता खतिवडाले सरकारको बजेटप्रति आलोचना गर्दै भने, ‘सरकारको बजेट विकास र समृद्धिलक्षित छैन । सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन। परम्परागत शैलीमा छ।’

प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले काँग्रेस र कम्युनिष्टहरु लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गरे।’

६४ प्रतिशत चालु खर्च र २४ प्रतिशतको विकास खर्च समावेश गरिएको बजेटले मुलुक समृद्ध नहुने प्रवक्ता खतिवडाको बताए।

 

प्रकाशित: १ असार २०७५ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App