७ वैशाख २०८१ शुक्रबार
खेल

इङ्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक

लन्डन – युनेइ इम्रेको टोली आर्सनलले २०१८–१९ को इङ्लिस प्रिमियर लिग (इपिएल) मा साबिकको विजेता म्यानचेस्टर सिटीसँग खेल्दै लिगको सुरुआत गर्ने भएको छ।

बिहीबार सार्वजनिक गरिएको खेलतालिकाअनुसार पहिलो खेलमा आर्सनलले १९ अंकको अग्रता राख्दै इपिएल उपाधि जितेको म्यानचेस्टर सिटीसँग खेल्न लागेको हो । उद्घाटन खेलमा नै कठिन प्रतिद्वन्द्वी पाएको आर्सनललाई आर्सेन विंगरको ठाउँमा आएका इम्रेलाई यसअघि नै आर्सनलले प्रशिक्षकमा नियुक्त गरेको थियो।

अगस्ट ११ देखि सुरु हुने नयाँ सिजनको इङ्लिस प्रिमियर लिगको अर्को खेलमा एएफसी बर्नमाउथले काड्रिफ, फुलह्यामले क्रिस्टल प्यालेस, हर्डल्सफिल्ड टाउनले चेल्सी, लिभरपुलले वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी, न्युक्यासल युनाइटेडले टोटनह्याम हट्सपर, साउथह्याम्टनले बर्नलीको सामना गर्नेछन् । यस्तै वार्टफोर्डले ब्राइटन तथा वेल्भरह्याम्टन वान्डरर्सले एभर्टनसँग खेल्नेछन्।

लिग खेल सन् २०१९ सम्म सञ्चालन हुनेछन् । यसअघिको सिजनमा सिटी १९ अंकको अग्रता बनाउँदै च्याम्पियन बनेको थियो । दोस्रो स्थानमा रहेको युनाइटले ८१ अंक जोड्न सफल भएको थियो भने तेस्रो स्थानको टोटनह्यामले ७७ तथा चौथो स्थानको लिभरपुलले ७५ अंक बटुलेका थिए।

प्रकाशित: १ असार २०७५ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App