coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मेयरले चलाएको डोजरले रेलिङ भत्काउँदा पाँच घाइते

मेयर मानबहादुर जिसीले डोजर चलाउँदा रेलिङ भत्किएर खोलामा खसेका पत्रकारसहित सर्वसाधारणको उद्दार गरिदैं। तस्बिर: नागरिक

पोखरा- पोखराको फिर्के खोलामा पैदलमार्ग उद्घटन गर्न पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पाँच जना घाइते भएका छन्। पैदलमार्गको मेयर जिसी आफैंले डोजर चलाएर शुरु गरेका थिए। डोजर चलाउँदा फोटो खिच्न तयारीमा रहेका पत्रकार एवं सर्वसाधारण खोलामा खसेर घाईते हुन पुगेका हुन्।  

पर्स्याङको पुलको रेलिङमा अडेस लगाई फोटो खिच्न लाग्दा हतारमा मेयर जिसीले डोजर चलाउँदा रेलिङ भत्किन पुगेपछि दुई पत्रकारसहित ५ जना २० मिटर तल खोलामा रेलिङसहित खसेर घाइते भए। पत्रकारद्वय रन्जन अधिकारी र सन्देश श्रेष्ठ सामान्य घाईते भएका छन् भने स्थानीय गौरी पौडेल पनि घाईते भएकी छन्। मेयर जिसीले झुकिएर डोजरको लिभर दवाउँदा डोजरको वकेटले रेलिङ भत्केको थियो।

फुटट्रयाक निर्माण सुरु

खोलाको मापदण्ड बढ्ने र घट्ने भईरहन्छ। ठ्याक्कै मापदण्ड छैन्। जननिर्वाचित पदाधिकारीले जिम्मेवारी सम्हालेपछि पोखराको फिर्केखोलाको मापदण्ड दायाँ बायाँ ५–५ मिटर कायम गरिएको छ। त्यही मापदण्ड भित्र पोखरा लेखनाथ महानगरपालिकाले फुट ट्रयाक (पैदल मार्ग) निर्माण कार्य शुरु गरेको छ।

खोलाको मापदण्ड आफनै अनुकुल बन्दै गर्दा पछिल्लो समय साँघुरिदै गएको छ । खोलाबाटै जग उठाएर भौतिक पुर्वाधार समेत निर्माण गरिएको छ । यद्यपी छ महिन अघि मात्रै नागरिक समाजको अगुवाईमा फिर्के मापदण्ड मिचिएर बनाइएको संरचना हटाउन डोजर समेत लगाइएको थियो । केही पुर्वाधार फालियो । कतिपयलाई सचेत गराउँदै निर्माण कार्य रोक्ने प्रयास समेत गरियो । तर अहिले मापदण्ड ५ मिटर कायम गरिएको छ।

मापदण्ड क्लियर भएपछि महानगरपालिकाले पैदल मार्गको कार्यलाई प्रारम्भ गरेको जनाएको छ। ‘खोला अतिक्रमण रोक्ने उपाय नै पैदल मार्ग निर्माण शुरु गरिएको हो ।’ पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले भने–‘अहिले खोलाको ५ मिटर भित्रको मापदण्डमा पैदलमार्ग बन्ने छ ।’ फिर्के खोलाको संरक्षणसँगै बातावरण प्रदुषण न्युनिकरण गर्ने उद्देश्यसहित पैदल मार्ग निर्माण शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको पस्र्याङस्थित फिर्केखोलाको पक्कीपुलदेखि पूर्व तर्फबाट पैदलमार्ग निर्माण शुरु गरिएको छ । फिर्के खोला बातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले शुक्रबारदेखि काम शुरु गरेको हो। महानगरपालिकाले खोला किनारको दुवै तर्फ २–२ मिटर चौडाईको मार्ग बनाउने लक्ष्य लिएको छ । मार्ग बनाउने पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट छुट्टाइएको वडाध्यक्ष नेपालीले बताए।

‘अहिलो हामीले डोजर लगाई जमिनको लेभलिङ(सम्याउने) गर्छौ ।’ वडाध्यक्ष नेपालीले भने–‘त्यसपछि खोलाको दायाँबायाँ भागलाई ओपन गर्दै ट्रयाक खोल्छौ ।’ उनले पहिलो चरणमा ६ सय मिटर मात्रै पदल मार्ग बनाउने सुनाए। ६ सय मिटर लामो पैदल मार्ग बनाउने एक करोड ८१ लाखको प्रारम्भिक लागत निस्किएको वडाध्यक्ष नेपालीले बताए । ‘६ सय मिटरपछि नयाँ आर्थिक वर्षदेखि फेरी काम अगाडि बढाउँछौ ।’ उनको भनाई थियो । खोला ६ किलोमिटर दुरीमा रहेको तालमा गएर मिसिन्छ खोलामा फालिने फोहोरले फेवातालको बातावरणीय प्रदुषण समेत बढ्दै गएको छ।

 

 

 

 

 

प्रकाशित: १ असार २०७५ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App