coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तीन पुस्तासँग खेल्ने हडारे

मस्को – इजिप्टका ४५ वर्षिय गोलकिपर इसाम अल हडारेले आफु पुन २० वर्र्षेमा फर्किएको महसुस भएको बताएका छन्।

‘मैले इजिप्टको तनि पुस्ताका खेलाडीहरुसँग खेलिसके। ती सबै भिन्न भिन्न थिए,’ हालेका एक टेलिभिजन अन्तरवार्तामा अल हडारेले भने, ‘सबैले मेरो उमेर ४५ वर्ष भएकाले पाको खेलाडी सम्झन्छन् र सम्मान पनि गर्छन्। तर म उनीहरुमाझ बस्दा अझैपनि आफुलाई २० वर्षको छु जस्तो लाग्छ।’

अल हडारेले रुस विश्वकपमा खेल्ने अवसर पाउने वा नपाउने निश्चित छैन। तर उनले प्रतियोगिता खेल्ने अवसर पाएमा सबै भन्दा बढी उमेरका खेलाडी बन्नेछन् ।सबै भन्दा बढी उमेरको खेलाडीको कीर्तिमान तोड्न अलहडारेले सेरिफ इक्रामे र मोहम्म एल्सानावेको चुनौती पन्छ्याउन पर्नेछ।

कोलम्बिायाका गोलकिपर फ्रायद मोन्डार्गोन हाल सम्म विश्वकप खेल्ने सबै भन्दा बढी उमेरका खेलाडी हुन्। मोन्डार्गोने सन् २०१४ को ब्राजिल विश्वकप खेल्दै उत्त कीर्तिमान राखेका थिए । इजिप्टले समूहको पहिलो खेलमा शुक्राबार उरुग्वेको सामना गर्दैछ।

उनले भने विश्वकप खेल्ने सबै भन्दा बढी उमेरको खेलाडीको कीर्तिमान तोड्नु भन्दा पनि आफ्नो ध्यान सधै उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित भएको बताएका छन्।

सन् २००६ देखी २०१० सम्म इजिप्टलाई लगातार तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउदा टोलीका महत्वपूर्ण सदस्य  अल हडारेले सधै टोलीलाई दोस्रो पटक विश्वकपम छनोट गराउने सपना देख्दै आएको बताए। इजिप्टले पछिल्लो पटक सन् १९९० को विश्वकप खेलेको थियो।

‘मेरो जीवनको उदेश्य भनेको इजिप्टलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने रहेको थियो,’उनले भने।

सन् १९९६ मा इजिप्ट राष्ट्रिय टोलीबाट डेब्यु गरेका अल हडारेले हाल सम्म इजिप्टबाट १ सय ५६ खेल खेलिसकेका छन्।लामो समय मैदान बाहिर बस्न बाध्य भएको भन्दै अल हडारेका एजेन्टले सन् २०१३ जनबरीमा उनले संन्यास लिएको ट्विट गरेपनि उनी सन् २०१४ मार्चमा बोस्निया एण्ड हर्ज गोभिनाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा फर्किएका थिए।

प्रकाशित: १ असार २०७५ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App