८ वैशाख २०८१ शनिबार
अर्थ

आजदेखि प्रोपर्टी एक्स्पो

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज (शुक्रबार) सुरु हुँदैछ । एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

एनआइसी एसिया बैंक प्रायोजक रहेको एक्स्पोका तयारी पूरा भएको संघले जनाएको छ । मेलाले वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा योगदान गरिरहेका व्यवसायीका उत्पादनलाई उपभोक्तामाझ पुर्याउने र उपभोक्ताले नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारे जानकारी पाउने संघको भनाइ छ।

मेलामा स्वदेशी, विदेशी दुवैथरी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक र बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी छन् । मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरिवेयर फिटिङ, पेन्टस, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ र वास्तुकलाका पनि स्टल हुनेछन्।

आयोजकका अनुसार मेला अवधिमा उत्पादन तथा सेवा सुरु गर्न चाहनेका लागि पनि आवश्यक व्यवस्था मिलाइएको छ । यसपालि एक्स्पोका क्रममा दुईवटा हाउजिङ समिट हुने र त्यसमा विश्वविख्यात आर्किटेक्ट तथा विज्ञहरुले प्रस्तुति दिने कार्यक्रम छ । सहरीकरण र हाउजिङका विषयमा बहस चलाउने उद्देश्यले समिट आयोजना गरिएको हो ।
 

प्रकाशित: १ असार २०७५ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App