coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश एकको बजेट ३० अर्व भन्दा बढीको हुने

विराटनगर- प्रदेश १ को सरकारले आगामि आर्थिक बर्ष ०७५/७६ को लागि बजेट आज ल्याउने भएको छ।  आज दिउँसो ४ बजे प्रदेशसभाको बैठकमा आगामि आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको  छ।

  आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेशको समृद्धि र विकासको आधार तयार पार्ने किसिमको बजेट ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार ७ प्रदेश मध्ये प्रदेश १ को सरकारले ल्याउने बजेट सबै भन्दा ठूलो आकारको हुने छ । बजेटमा कृषि, पर्यटन,उद्योग, भौतिक पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार पारिएको आङ्वोले बताए । उनका अनुसार आन्तरिक स्रोतको पहिचान र परिचालनका विषयमा पनि बजेटले व्यवस्था गर्ने छ । यस्तै जेष्ठ नागरिकलाई सम्बोधन गर्न प्रदेश सरकारले केहि कार्यक्रम बजेटमा समावेश गरेको आङ्वोले जानकारी दिए । प्रदेशको संसद विकास कोषका विषयमा पनि बजेटले संवोधन गर्ने आङ्वोले बताए । प्रदेश संसद विकास कोषको व्यवस्था गर्न प्रदेश १ को प्रदेशसभामा प्रदेश सदस्यहरूले पटक—पटक माग राख्दै आएका थिए। यस्तै बजेटमा गरिबी न्यूनिकरण ,रोजगारी तथा स्वारोजगारसँग सम्बन्धीत कार्यक्रमहरू ल्याउने सरकारको तयारी छ ।  सरकारले ३० अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको  आर्थिक मामिला मन्त्री आङ्वोले संकेत गरे ।

प्रकाशित: १ असार २०७५ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App